मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय भलिबल खेल्ने २ अछामी चेली

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय भलिबल खेल्ने २ अछामी चेली


अछाम । अछाम जिल्लाबाट हालसम्म २ जना मात्रै महिला खेलाडी अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएका छन् । जिल्लाको मंगलसैन नगरपालिकाका मोती भाट र बान्नीगढी जयगढ गाँउपालिकाका निता शाहले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएका छन् ।

उनिहरु दुबै जनाले अछामबाट खेल्दै नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा भएको दशौँ दक्षिण एशियाली साफ च्याम्पियनसिपमा भलिबल खेलमा सहभागीता जनाएका थिए । महिला खेलाडीको ईतिहासमा नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलकुद मैदानमा हालसम्म अछामबाट २ जना अछामी चेलीले मात्रै सहभागी हुने अवसर पाएका छन् ।

महिला भलिबल खेलाडी निता शाह र मोती भाटले अन्तराष्ट्रिय बिच भलिबल खेलमा समेत सहभागी भएकी थिईन् । १३ बर्षको उमेर स्कुल पढ्दा देखि नै निता र मोतीले भलिबल खेल्न सुरु गरेकी थिईन् ।

रहरले भलिबल खेल्न सुरु गरेकी निता र मोतीको जीवनको उर्जावान समय भलिबल खेल क्षेत्रमा सर्मपित भयो । आफ्नो जीवनमा भलिबल खेल्दा ठुलो संर्घष गर्नुपरेको उनिहरु बताउछन् । उनिहरुले लगातार एक दशक बढी सयम भलिबल खेलमा सर्मपित गरेको अनुभव छ ।

जिल्ला, क्षेत्र, हुदैँ राष्ट्रिय खेलमा पटक पटक उनिहरुको सहभागिता रह्यो भने देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउने अवसर समेत मिल्यो । त्यस यता बिभिन्न राष्ट्रिय प्रतियोगितामा अछामको महिला तर्फ सहभागीता रहेपनि अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा भने सहभागी हुन सकेका छैनन् ।

खेलकुदमा पछाडी रहेको सुदुरपश्चिमको पहाडी जिल्ला अछाममा सुरुमा भलिबललाई मात्रै खेलकुदका रुपमा लिने गरिन्थ्यो ।
जिल्लामा प्राय अरु बिधाका खेल नै हुदैन थिए । पछिल्लो सयम जिल्लाको खेल क्षेत्र बामे सर्दै गएको छ भने भलिबल संगै अन्य बिधाका समेत खेल प्रतियोगिता हुने गरेका छन् । भलिबल पछि अछाम जिल्लाबाट महिला तर्फ क्रिकेट प्रतियोगितामा समेत राष्ट्रिय स्तरको खेलमा सहभागी भएका छन् ।