मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम हुदै यू १९ नेपाली क्रिकेट टिमको कप्तानी गर्ने क्रिकेटर : राजु रिजाल

अछाम हुदै यू १९ नेपाली क्रिकेट टिमको कप्तानी गर्ने क्रिकेटर : राजु रिजाल


अछाम : अछाम जिल्लाबाट खेल्दै राष्टिय टिमको नेतृत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने अर्का खेलाडी हुन् क्रिकेटर राजु रिजाल । रिजालले यू १९ नेपाली टिमको क्याप्टेन भएर सन् २०१६ मा बिश्व कप खेले । क्वाटर फाईलन सम्म पुगेको नेपालका तर्फबाट उनि उक्त सिरिजको म्यान अफ द म्याच समेत घोषित भए ।

अछामबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पुग्ने उनी दोश्रो खेलाडी हुन् । यसअघि अछामकै यज्ञमान कुमालले क्रिकेटमा अन्तराष्टिय सहभागीता जनाएका थिए । तर अछामबाट सुदूरपश्चिम हुदैँ नेपाली टिमकै कप्तानी गर्ने क्रिकेटर भने उनि मात्रै हुन् । यु १९ क्रिकेट टिमबाट नेपाल आर्मीको क्याम्पमा छनोट भएका राजुले भुवन कार्कीको क्याप्टेनसिपमा सन् २०१३ मा दुबईमा यू १९ आईसिसी एशिया कपमा पहिलो अन्तराष्टिय डेब्यु गरे ।

यू १९ मा राम्रो प्रर्दशन गरपछि उनलाई सन् २०१६ मा नेपालको सिनियर टिमबाट खेल्ने अवसर समेत प्राप्त भयो । राजुले नामेयिबा संग नेपालमै र नेदरल्याण्ड संग उसकै मैदानमा एक दिवसीय क्रिकेट खेल समेत खेलिसकेका छन् । देश भित्र र बाहिर राम्रो खेलाडीको छबि बनाएका राजुले मलेसिया र कुबेतमा भएका अन्तराष्टिय क्वालिफायर समेत खेल्ने अवसर पाए । यू १९ र सिनियर टिमबाट बिभिन्न राष्टिय तथा अन्तराष्टिय क्रिकेट प्रतियोगितामा सहभागी भएर राम्रो प्रर्दशन गरेपनि राजु सन् २०१९ मा भने छनोटमा पर्न सकेनन् । त्यसपछि उनले नेपाल आर्मी क्लब नै छाडे ।

क्याम्प छोडेपछि राजु पुन अछाम फर्किए । अछामबाट छनोट हुदैँ उनले ९ आँै राष्टिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट सुदूरपश्चिमको कप्तानी गर्दै प्रदेशलाई तेश्रो स्थानमा पुर्याए । सुदुरपश्चिमलाई उनले क्रिकेटमा मेडल दिलाउन सफल भए । आफ्नै जिल्ला बाट खेलेर प्रदेशको नाम राख्न आफुले आर्मी छोडेर प्रदेशबाट खेल्न सुरु गेको रिजालले बताए

सानो छदाँ अछाम र भारतका बिभिन्न शहरमा बल ब्याट समातेका राजुको क्रिकेटको यात्रा औपचारिक रुपमा अछाम जिल्लाबाटै सुरु भयो । अछामका पूर्व क्रिकेट खेलाडी लोकेन्द्र खत्रीले राजुको क्रिकेट खेललाई अगाडी बढाउन मद्धत गरे । खत्रीकै सहयोग क्रिकेट खेल्न सुरु गरेका राजुले पहिलो पटक अछाम हुदैँ सुदूरपीश्चम प्रदेशको कप्तानी गर्दै धनगढीमा भएको यू १९ राष्टिय प्रतियोगता खेले र सुदूरपश्चिमलाई उपाधी दिलाएका थिए । सिनियर टिमबाट समेत खेलेका उनले त्यो बेला सुदूरपश्चिमले दोश्रो स्थान हासिल गरेको थियो ।

राजुको क्रिकेट खेल रोकिन नदिन हामीले अछामबाट उनकै नेतृत्वमा टिम धनगढी पठाएको धनगढीले उनकै नेृतत्वमा सुदूरपश्चिमको टिम काठमाण्डौ पठाएको अछाम क्रिकेट संघका अध्यक्ष अनिल कुवँरले बताए ।