कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राती मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार बेलुका म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा…