मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी हुम्लामा खाद्य संकट

उत्तरी हुम्लामा खाद्य संकट


दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ। चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ। 

 कोभिड–१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरुपमा खाद्यान्नलगायत अन्य काममा पनि संकट चुलिँदै गएको छ।  उक्त पालिकाको वडा ४ चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य संकट भएको छ।

गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्। वर्षौँदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको अर्का बासिन्दा टसि लामाले बताए। उनले भने, “भोट माग्न मात्रै आउँछन्, हामीहरुलाई भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन्।”

भौलिक विकटताका साथै यस वर्षको अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्कििातर लकडाउनले असर पारेको छ।  करीब ३५ घरधुरी रहेको चालागाउँमा वर्षको एक बाली मात्रै अन्न उत्पादन हुन्छ। सो उत्पादननले चार महिना पनि खाना पुग्दैन । यसले गर्दा  कि सदरमुकाम सिमकोटबाट कि त नजीकैको सीमा बजार ताक्लोकोटबाट आठ महिनाका लागि खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ। 

अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयवासीलाई धौधौ परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाले बताए। 

सो गाउँमा एकातिर खाद्य संकट देखिएको छ भने अर्कातिर गाउँमा गएका कर्मचारीलाई स्थानीय वातावरण र खानापिनमा बानी पार्न गाह्रो भएको जानकारी प्राप्त भएको छ।  गाउँमा न त भरपर्दो सञ्चारका सेवासुविधा उपलब्ध छन् न त स्वास्थ्य र शिक्षा । आफूहरुको सेवासुविधामा स्थानीय तहका पदाधिकारीले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन्। – dineshkhabar