अछामको कमलबजार नगरपालिका वडा नं. ३ बयालाका नागरिकहरूले पालिकाबाट आफूहरूलाई सौतेनी व्यवहार गरिएको गुनासो गरेका छन्। पालिकाले हरेक अवसरमा वडालाई उपेक्षा गर्दै आएको भन्दै स्थानीयवासीहरूले आपत्ति जनाएका हुन्। पालिकामा हुने विभिन्न गतिविधि तथा विकास निर्माणका काममा अन्य वडाको तुलनामा बयालालाई पछाडि पारिएको स्थानीयको आरोप छ। भौगोलिक रूपमा नगरपालिका केन्द्रबाट टाढा रहेका वडालाई प्राथमिकता दिनुपर्ने भए…