अछाम – जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० बर्षिय युवक निरोज भुलको बायाँ खुट्टाले दुख दिन थालेको ३ बर्ष भयो । खुट्टाको दुखाई सहन निरोजलाई गाह्रो भएपछि उनका परिवारले सुरुका २ बर्षसम्म गाँउघरमै झाडफुक गराए । निरोजका दाई बिक्रम भुलले भने सुरुमा त खुट्टामा निनाँउने (झम्झम गर्ने) भयो होला भन्ने लाग्यो झाडफुक गराए…