पुजा शाही, अछाम / जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन भएको छ । आइतबार मंगलसेनमा सम्पन्न संघको अधिवेशन मार्फत् जिल्ला स्तरिय नयाँ नेतृत्व चयन गरेको हो । साँफेबगर नगरपालिकाका कृष्ण बहादुर कुवँरको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन भएको संघले जानकारी दिएको छ । जसको उपाध्यक्षमा मंगलसेन नगरपालिकाका राजेश प्रसाद भाट र कमलबजार नगरपालिकाका…