रातको अन्धकार र चिसो काठोमा, म गाइरहेको छु । आँखा निदाउने प्रयासमा छन् । वरिपरि कोही छैनन् र मलाई थाहा छ, आफूमा इच्छा शक्ति छ भने यसलाई निरन्तरता दिने स्वतन्त्रता पनि मभित्रै छ । बिरामी कति छिटो निको हुन्छ भन्ने कुरा, उपचारपछि गरिने हेरविचारले महत्त्व राख्छ । दिन बित्दै गएसँगै हामीमा (बिरामी) नयाँ–नयाँ अनुसन्धानहरू हुन थाल्छन् ।
यो रोगले संक्रमितमा देखिने मानसिक स्थिति र अन्य असरहरू कति अदृश्य हुन्छन् ठीक मानसिक तनावमा जस्तै बाहिरबाट नदेखिने । कोभिड बिरामीलाई साता दिनसम्म अस्पतालको आइसोलेसनमा राखिन्छ, दोस्रो व्यक्तिलाई हेर्न र भेट्नसम्म पनि दिइँदैन भन्ने सत्यले बिरामीमा मानसिक तनाव उत्पन्न हुन्छ ।
अस्पतालमा नर्स र डाक्टरहरू समय–समयमा तपाईंको उपचार र अवस्थाबारे बुझ्न आउँछन् । तर उनीहरूले पीपीई लगाएका हुन्छन् । सधैं शरीर पूरै ढाकेर आउने भएकाले उनीहरू को हुन्, विशेषता के छ, उनीहरूले कस्तो भाव प्रकट गर्दै छन् बिरामीले भेउ पाउँदैन । सबै सेता पहिरनमा रोबोटजस्तै उपस्थितिमा । चाहिने स्वास्थ्य उपचारका सामग्री राखेर उनीहरू फर्किहाल्छन् । किनभने त्यहाँ जति धेरै बस्यो संक्रमण हुने सम्भावन त्यति नै हुन्छ ।
डाक्टरहरू, जसको मार्गदर्शनमा तपाईंको हेरचाह र स्वास्थ्य अवस्थाबारे रिपोर्ट तयार हुन्छ, उनीहरू (डाक्टर) स्वयं नै तपाईंलाई आश्वासन दिन तपाईंछेउ कहिल्यै आउँदैनन् । उनीहरू मात्रै सञ्चारका वाहकजस्तो उपचारका सामग्री मात्रै पुर्याउन आउँछन् । यस्तोे परिस्थितिमा डाक्टरहरूको यो व्यवहार केही हदसम्म उचित हो । तर अझै केही अव्यवहारिक लाग्छ, पीपीईमै भए पनि नआउने भए त हामी रिमोट पद्धतिमा उपचारमा छौंजस्तो लाग्थ्यो । के यसले बिरामीमा मानसिक असर गर्छ त, मनोवैज्ञानिकहरू भन्छन्– पक्कै गर्छ । डिस्चार्जपछि संक्रमितहरूमा क्रोधको मात्रा बढ्छ ।
समाजले अलग व्यवहार गर्छन् कि भन्ने सोचले उनीहरू समाजमा जान डराउँछन् । समाजले उनीहरूलाई रोगवाहकका रूपमा व्यवहार गर्छन् । उनीहरूमा यो समाजमा मेरो स्थान छैन भन्ने सोच र चिन्ता पलाउँछ । जसले गर्दा उनीहरूमा डिप्रेसन र एक्लोपन बढ्न थाल्छ, आइसोलेसनमा बस्दाको एक्लोपन पुनः ब्युँतिन्छ । रोगले शरीर त्यागे पनि ज्वरो र कमजोरीले अझै ३,४ साता शरीरलाई जकडेकै हुन्छ ।
विश्वले यो रोगबारे कुनै प्रमाण पद्धति फेला पारेको छैन । हरेक केस फरक छन् । हरेकदिन नयाँ लक्षणबारे अनुसन्धान र अवलोकन भइरहेको छ । यसरी पूरै विश्वकै स्वास्थ्य क्षेत्र आजजस्तो अशक्त कहिल्यै भएको थिएन । परीक्षण र त्रुटि अहिलेजस्तो ठूलो मागमा कहिले आएको थिएन ।
(बलिउड महानायक अमिताभ बच्चनले नानावटी अस्पतालको आइसोलेसनमा बसेर लेखेको आइसोेलेसनको अनुभव र कोरोनाको मानसिक असर उल्लेख गरिएको ब्लगको अनुवाद)
प्रतिक्रिया