अछाम : अछाम जिल्लाका ग्रामिण तथा दुर्गम क्षेत्रको पिडा अछामको दुर्गम गाउँपालिका तुर्माखाँद गाउँपालिका क्षेत्रफलका हिसावले अछामको पूर्बी क्षेत्र जहाँ सडक बाटो सहजै पुगेको छैन ।
जिल्लाका प्राय नागरिक बिशेष गरि यूवा शक्तीको आर्थिक आम्दान्नी गर्ने मुख्य स्रोत बैदेशिक रोजगारी भएका कारण तुर्माखाँदका प्राय यूवा देखी पाका उमेर समुह अहिले भारत तिर पसेका छन ।
कोरोना महामारीले धेरै क्षेत्र प्रभावित पा¥यो । कसैका रोजगारी गुमे,कोहि बेखबर बने,आम्दान्नीको मुख्य स्रोत गुम्यो । यहि भुमरीको चपेटामा परेको अछामको पुर्वी क्षेत्रमा जनताले सोचे र चाहे जस्तो विकास भने खासै देखिदैन ।
दुर्गम गाउँमा अँझै जनचेतना अपुगकै कारण यहाँका सोझा साझा नागरिकले सामाजिक न्यायकको प्रत्याभुत गर्न सकेका छैनन । जनचेतनाकै कमिका कारण जनसंख्या बृद्धि हुनु त्यसै माथी बेरोजगारी र न्युन आयस्रोतका कारण दैनिक जिविको पार्जन गर्न यस क्षेत्रका नागरिकलाई मुख्य चुनौती देखिन्छ ।
विश्वनै आक्रान्त पारेको कोभिड–१९ का कारण अंझै पनि दुर्गम भेगका विद्यालय नियमित सञ्चालनमा छैनन । विद्यालय बन्द छन, पढाई अर्थात सिकाइको सहज वातावारण छैन यस्ता थुर्पै अभावका कारण धेरै बालबालिबा सडक छेउछाउमा ज्याला मजदुरी गर्न बाध्य भएको देखिन्छ ।
अवोधपन नत जन्माउने अभिभावक वा बुवा– आमाले बुझेका छन नत तिनिहरुको बालापन कोभिड प्रभाविद बिद्यालयले बुझेको छ । खै ? यहि तालले कसरी यिनिहरुको उज्याले भविष्य छ भन्नू ।
पुजिवादी बर्गहरु त महंगो स्कूल पढाउलान,शिक्षा दिक्षा राम्रै देलान तर जो गरिब छन,एक छाक खाँदा अर्काे छाक सोच्नेहरु त अन्तमा उहि पुरानो चलन – हाम्रा बाजे बम्मेवाला,हाम्रा बुवा बम्मेवाला,अंकल बम्मेवाला,दाजु बम्मेवाला अब पालो हाम्रो भन्ने परम्पराले जरा गाडिरहने हो ।
कोभिडले होस् ,पारिवारिक समस्याले होस या आर्थिक विपन्नताले होस यस्तो चपेटामा परेका १४ बर्ष मुनिका अवोद बालबालिकाको उचित संरक्षणका लागी स्थानिय निकाय सकृय हुन नितान्त आवश्यक छ ।
प्रतिक्रिया