मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड खोप पहिलो चरणमा कुन जिल्लामा कतिले पाउने?

कोभिड खोप पहिलो चरणमा कुन जिल्लामा कतिले पाउने?


कहाँ कति खोप भण्डारण क्षमता?

काठमाडौं–  नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि कोरोना भाइरस विरुद्वको खोप आइपुगेको छ। गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि भएको थियो।

त्यसको भोलीपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  संक्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। त्यसको एक वर्षपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणको डेढ प्रतिशत जनसंख्यालाई पुग्ने खोप अवतरण भयो।

मध्याह्न १२ बजे एयर इन्डियाको  जहाजमा भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको हो। स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनमा कोभिड १९ विरुद्वको खोप अभियान सञ्चालन गर्ने बताए।

उनले पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना रहेको बताए। उनका अनुसार नेपाललाई थप ४० लाख डोज भ्याक्सिन आवश्यक छ। 

उनले भने,‘अनुदानबाहेक थप आवश्यक खोप खरीदको प्रक्रिया चाँडै सुरु हुनेछ। पारदर्शी रुपमा खरीद गरी न्यायपूर्ण रुपमा खोप अभियान सञ्चालन हुनेछ।’ नेपाल सरकारले कूल जनसख्ंयाको ७२ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ।

जसको पहिलो चरणमा ३ प्रतिशत जनसंख्या अर्थात ९ लाख ११ हजार ३४२ जनालाई खोप लगाइने बताइएको छ। तर, पहिलो चरणमा अनुदान स्वरुप आएको १० लाख डोज भ्याक्सिनले  करिब पाँच लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।

त्यसबाहेक नेपाललाई कोभिड भ्याक्सिनको सहजीकरण र समान वितरणका लागि बनेको अलायन्स कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुनेछ। कोभ्याक्सले आगामी मार्च अप्रिलसम्ममा नेपाललाई खोप उपलब्ध गराउने पत्र पठाइसकेको छ। बाँकी आवश्यक खोप भने खरीद गर्नुपर्नेछ।

भ्याक्सिनको भण्डारण र ढुवानी
भारतबाट आज आएको खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ।व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिहं तिंकरीले उक्त खोप शुक्रबार दिउँसो वा शनिबार बिहानबाट सातै प्रदेशमा ढुवानी गरिने बताए।

उनले बिहीबार बेलुकासम्म कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेपछि रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइने छ। प्रदेशबाट सम्बन्धित जिल्लामा खोप पठाइने डा तिंकरीले बताए। स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा हरेक जिल्लाका खोप कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीलाई  भर्चुअल तालिम दिने, ढुवानी व्यवस्थापन गर्ने र कसरी खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका काम भइरहेको  छ।

व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार हरेक जिल्लामा पहिलो ३ प्रतिशत खोप पाउने व्यक्तिको सूची आइसकेको छ। त्यसमा पनि खोपको उपलब्धता अनुसार डेढ प्रतिशत जनसख्ंयालाई पुग्ने गरी खोप हरेक प्रदेशलाई पठाइने उनले बताए।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने हुन्छ। व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले केन्द्रीय भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा रुम कोभिड भ्याक्सिन भण्डारणका लागि तयारी अवस्थामा राखेको जानकारी दिए।

उनका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखिएको छ। उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।

त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममध्ये एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। उक्त कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ।

व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिन स्टोर गर्ने तयारी गरिएको छ। तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ। त्यहाँ प्रति रुममा १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ। भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने बताइएको छ।

पथलैयामा रहेको कोल्ड रुम बिग्रिएर सञ्चालनमा आएको थिएन। केही दिनअघि काठमाडौैंबाट पठाइएका प्राविधिकहरुले उक्त स्टोर मर्मत गरिसकेको व्यवस्थापन महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीले जानकारी दिए।

पोखरा, बुटवल र धनगढीमा एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। २ हजार २५० लिटर क्षमता भएको उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ।नेपालगञ्ज र सुर्खेतमा ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ। जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।

कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)

जिल्ला जनसंख्या (खोप लगाउने ३ प्रतिशत)भ्याक्सिन डोज
ताप्लेजुङ्ग३,९२०९,२५०
संखुवासभा४,६८२११,०४९
सोलुखुम्बु३,०७६७,२५८
ओखलढुंगा४,५४२१०,७२०
खोटाङ५,२६०१२,४१४
भोजपुर४,७०८११,११२
धनकुटा५,१२४१२,०९३
तेह्रथुम३,०२५ ७१३८
पाँचथर५,९०६१३,९३९
इलाम९,३२८२२,०१५
झापा २७,६२७६५,१९९
मोरङ३२,६३२७७,०११
सुनसरी२७,१८१६४,१४८
उदयपुर१०,६३४२५,०९६
सप्तरी२१,२७५०,०९६
सिरहा  २१,०२०४९,६०७
धनुषा२५,१४३५९,३३६
महोत्तरी२१,१४३५९,३३६
सर्लाही२६,६७०६२,९४०
रौतहट२५,०७८ ५९,१८५
बारा२४,६७७५८,२३७
पर्सा  २१,२९६५०,२५९
सिन्धुली९, ३१२२१,९७७
मकवानपुर१३,८०३३२,५७४
चितवन२०,७५०४८,९७१
दोलखा५,६१४१३,२४८
सिन्धुपाल्चोक८,८२४२०,८२४
रसुवा१,३४९३,१८४
धादिङ१०,६०३२५,०२३
नुवाकोट८,६१३२०,३२६
काठमाडौं ६६,४२४१५६,७६०
भक्तपुर१०,९९५ २५,९४८
ललितपुर१७,०३७४०,२०८
काभ्रेपलाञ्चोक१२,०४९२८,४३६
रामेछाप६,२५६१४,७६५
गोरखा७,४३५१७,५४७
मनाङ१९०२,५४०
मुस्ताङ २४८ ८२०
म्याग्दी ३,३३२७,८६५
कास्की १७,४५९४१,२०३
लमजुङ५,१५२१२,१५९
तनहुँ १०,२५९२४,४४७
नवलपरासी पूर्व१०,५२५२४,८३८
स्याङजा९,५९३१७,९१९
बागलुङ ८,४९०२०,०३६
रुकुम पूर्व  १,७४४४,११५
रोल्पा७,११७१६,७९७
प्युठान ७,२५३१७,११६
गुल्मी७,७१८१८,२१४
अर्घाखाँची ६,०६८१४, ३२२
पाल्पा७,४६६ १७,६२०
नवलपराससी पश्चिम११, २०१२६,४३५
रुपन्देही३१,७६८७४,९७३
कपिलवस्तु १९,९४० ४९,०५९
दाङ१९,३३७४५,६३५
बाँके१८,०५६४२,६१३
बर्दिया१४,३३०३३,८१९
डोल्पा१,२६३२,९८१
मुगु१,९०९४,५०५
हुम्ला१,७५४४,१४०
जुम्ला३,७३५८,८१५
कालिकोट४,७५४११,२२१
दैलेख८,८८४२०,०१७
जाजरकोट५,९२१ १३,९७३
रुकुम पश्चिम५,०९२१२,०१७
सल्यान ८,१३६१९,२००
सुर्खेत१२,४५६२९३९६
बाजुरा ४,६३९१०,९४८
बझाङ६,६२६१५,६३८
दार्चुला४,३२११०,१९७
बैतडी७,९७११८,८११
डडेलधुरा४,७३३११,१७१
डोटी६,४०६१५,११८
अछाम८,५९६ २०,२८७
कैलाली २८,२४३६६,६५३
कन्चनपुर१५,७८०३७,२४०