मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको एक डोज खोपले अरूमा भाइरस सर्ने जोखिम आधाले घटाउँछ

कोरोनाविरुद्धको एक डोज खोपले अरूमा भाइरस सर्ने जोखिम आधाले घटाउँछ


बीबीसी । कोरोनाविरुद्धको खोपको एउटा मात्र डोज लगाएमा पनि भाइरस अरूमा सर्ने जोखिम आधाले कम हुने एक नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानमा फाइजर वा अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरू तीन हप्तापछि संक्रमित भएपनि खोप नलगाउनेको तुलनामा अरूलाई भाइरस सार्ने सम्भावना ४९ प्रतिशत कम रहेको पाइएको हो । 

बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले यो खबरलाई अत्यन्तै खुसीको समाचार भनेर उल्लेख गरेका छन् । उनले सबै नागरिकहरूलाई सक्दो चाँडो खोप लगाउन पनि आग्रह गरेका छन् ।

अनुसन्धानमा खोप लगाएको १४ पछि कोभिड विरुद्धको सुरक्षा प्राप्त भएको देखिएको थियो । जसमा सबै उमेर र सबै अवस्थामा सुरक्षाको स्तर उतिनै रहेको थियो । खोपले लक्षण सहितको संक्रमण हुनबाट बचाउने देखिएको छ । जुनसुकै खोपको एउटा डोजले चार हप्तासम्म ६०–६५ प्रतिशत सुरक्षा दिइरहने पनि अध्ययनले देखाएको छ । 

पीएचईमा खोप कार्यक्रमकी प्रमुख, डाक्टर मेरी रेमसे भन्छिन्, “यसकारण पनि हामीलाई पहिलेको सामान्य अवस्थामा फर्काउन खोपले महत्वपूर्ण भूमिका खेल्दछ । यसले गम्भीर बिरामी हुनबाट बचाउने र दैनिक हुने कोभिड मृत्युलाई जोगाउन सक्छ । र यसका साथै अब यसको थप अर्को लाभ पनि पत्ता लागेको हो जसमा यसले भाइरस अरूलाई सर्नबाट पनि जोगाउन सक्नेछ ।”

तर यो अध्ययनको नतिजा हौसलापूर्ण भएपनि मानिसहरूले अझै आफूमा भाइरस भए जसरी नै सुरक्षाका उपायहरू अपनाइरहन जरुरी रहेको उनले बताइन् । हात धोइरहने र समाजिक दुरी अपनाउन छाड्न नहुने उनको भनाइ छ । 

घरेलु वातावरण संक्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्था हो । त्यसैले यो नयाँ खोजको अर्थ खोप लगाइसकेपछि यसले एउटै घरमा परिवारबीच वा जेलजस्ता ठाउँहरूमा संक्रमण फैलन दिनेछैन । 

युनिभर्सिटी अफ वारविकका एपिडेमीओलोजिस्ट माइक टिल्डेस्ले भन्छन्, “हामीले के याद राख्नुपर्छ भने खोपहरू १०० प्रतिशत प्रभावकारी हुँदैनन् । तरपनि हामी कुनै कारणवस् खोप लगाएपछि कोरोनाबाट संक्रमित भइहाल्यौँ भने यसले केही न केही सुरक्षा दिलाउनेछ र यसका साथै भाइरस अरूलाई सार्नबाट पनि जोगाउन सक्नेछ ।”

अध्ययनले महामारी नियन्त्रणका लागि सबैले खोप लगाउन आवश्यक रहेको प्रमाणित गरेको छ । मृत्युदर घटाउन र ठुलो जनसंख्यामा कोरोनाको जोखिमलाई कम गर्न खोप लगाउनैपर्ने अध्ययनको निष्कर्ष छ ।

खोप लगाएका ५७ हजार जनामा गरिएको अध्ययनले कोरोनाविरुद्धको खोप लगाउनैपर्ने देखाएको छ । खोप लगाएका ५७ हजारको तुलाना खोप नलगाएकाहरूसँग गरिएको थियो ।