मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

सुदूर आज

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

मौसमी डिप्रेसनको लक्षण
सधैं उदास र निरासा महसुस हुनु
असामान्य दैनिक दिनचर्या 
ऊर्जामा कमी 
थकान महसुस
निन्द्रामा गडबढ
आफ्नो काममा ध्यान नजानु
बिर्सने समस्या
भोकमा परिवर्तन
चिडचिडापन
सामान्य कुरामा रिस उठ्ने
आत्महत्या गर्ने सोच आउँनु

जाडोमा मौसमी डिप्रेसन कारण
मस्तिष्कमा सेरोटोनिन रसायनको मात्रा घट्नु। 
मौसम परिवर्तनसँगै मेलाटोनिन हर्मोनको मात्रा बढ्नु।

यो हर्मोन हाम्रो राम्रो निन्द्राको लागि जिम्मेवार हुन्छ। यसको प्रभावले हाम्रो निन्द्राको चक्र परिवर्तन हुन्छ। 

गर्मीमा मौसमी डिप्रेसनका कारण
कतिपय मानिसहरू अत्यधिक गर्मी सहन सक्दैनन्। यस्तो अवस्थामा उनीहरुलाई घामको किरणबाट समस्या हुन थाल्छ। धेरै घामले मानिसमा निराशाको भावना ल्याउँछ।

कडा घामका कारण मानिसको निद्रामा गडबड हुन्छ। मेलाटोनिन हर्मोनको मात्रा कम भएका कारण उनीहरुलाई सुत्न समस्या हुन्छ। जसका कारण उनीहरुमा डिप्रेसनका लक्षणहरु आउन थाल्छन्।

जाडोको तुलनामा मस्तिष्कमा रासायनिक सेरोटोनिनको मात्रा बढ्छ। सामाजिक चिन्ता विकार भएका मानिसहरूलाई सेरोटोनिन बढी हुन थाल्छ।

मौसमी डिप्रेसनबाट कसरी बच्ने
मौसमी फलफूल, तरकारी तथा उच्च पोषणयुक्त आहार खाने।

यर्याप्त मात्रामा सुत्ने। (हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानीले निन्द्राको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ।)

चिडचिडाहपन र क्रोधलाई नियन्त्रण गर्न मन शान्त राख्नुहोस। (यसका लागि धेरैभन्दा धेरै पानी पिउनुहोस्, राम्रो भेन्टिलेशनमा बस्नुहोस् र आरामदायी लुगा लगाउनुहोस्।)

दैनिक व्यायाम गर्नुहोस्। यसले तपाईंलाई तनाव, अवसाद र चिन्ता हटाउन मद्दत गर्नेछ।

स्वस्थ आहार लिनुहोस्। जंक फूड, उच्च कार्बोहाइड्रेटयुक्त खाना र भुटेको मसालेदार खानाले हाम्रो दिमागमा नराम्रो असर गर्छ।

आफ्नो परिवार र साथीहरूसँग सम्पर्कमा रहनुहोस्। तपाईलाई जस्तोसुकै समस्या छ, उहाँहरूसँग बाड्नुहोस, यसले तपाईको दिमागलाई हलुका बनाउनेछ।

दैनिक दिनचर्या बनाउनुहोस् र सधैं उही पालना गर्नुहोस्। यसो गर्दा दिमाग कतै खेल्ने छैन र तपाईं अधिक उत्पादनशील महसुस गर्नुहुनेछ।

डिप्रेसन कम भएन वा अवस्था बिग्रियो भने डाक्टरसँग परामर्श लिनुहोस्।