मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“कागज रहित स्वास्थ्य सेवा” एक नमुना बयालपाटा अस्पताल

“कागज रहित स्वास्थ्य सेवा” एक नमुना बयालपाटा अस्पताल


अछाम ।
सुचना प्रविधीको तिव्र विकास संगै हरेक क्षेत्रमा प्रविधीको प्रयोग बढ्न थालेको छ । नेपलमा पनि पछिल्लो समय सुचना प्रविधीको विकास तिव्र रुपमा भईरहेको छ । जसको कारण हरेक क्षेत्रमा बिद्युतिय पद्धतीको प्रयोग बढीरहेको छ । कार्यालय वा व्यक्तीगत रुमा हुने हरेक काममा छिटो छरितो, प्रभावकारी तथ्यांक तथा सजिलै सबैको पहुँचका लागि बिद्युतिय प्रणालीको प्रयोग बढ्न थालेको हो ।

देशका हरेक क्षेत्र, उद्योग व्यापार, सरकारी निकाय, संघ संस्थामा समेत सुचना प्रबिधीको प्रयोगबाट बिद्युतिय प्रणाली मार्फत काम हुन थालेका छन् । बिश्वका अन्य देशका केही पहिले देखि नै सुचना प्रविधि मार्फत बिद्युतिय अभिलेख प्रणालीको प्रयोग भएपनि नेपालमा भने यसको प्रयोग ढिलो सुरु भएको पाईन्छ । त्यसमा पनि सिमित क्षेत्रमा मात्र लागु भएको पाईन्छ ।

शिक्षा स्वास्थ्य क्षेत्रमा सुचना प्रविधी मार्फत बिद्युतिय प्रणालीको प्रयोग बढी हुनुपर्ने भएपनि त्यसको प्रभावकारी लागु भएको पाईदैन् । सरकारले स्वास्यथमा डिजिटलाईजेशन गर्ने भनेर बिभिन्न टुलहरुको प्रयोग गरेपनि त्यसको प्रभावकारी कार्यानन्वयन भएको छैन् । सुरुमा सबै प्रकारीका रिर्पोटिगं र रेर्कर्डिगंको काममा कागजमै भएपनि पछिल्लो समय स्वास्थ्यमा ईलेक्ट्रोनिक हेल्थ रेर्कडको प्रयोग बढ्न थालेको छ ।

नेपाल सरकारले रिर्पोटिगं र रेर्कडिंगको लागि डिएचएसआई २ को प्रयोग गर्दै आईरहेपनि त्यसमा रहेक पटक कागजमा तयार पारेको तथ्यांकलाई इन्टी गर्नुपर्दछ । त्यस्तै औषधी तथा स्वास्थ्य सामाग्री व्यावस्थापनको लागि भने ईएलएमआईसको प्रयोग गरिरहेको छ । तर त्यो सबै क्षेत्रमा प्रयोग भने भएको पाईदैन् । देशका केही अपतालमा आफ्नै लगानी तथा साझेदार सस्थाको सहयोगमा भने कागज रहित स्वास्थ्य सेवा दिने प्रयासहरु भईरहेका छन् ।

तर नेपालको पिछडिएको जिल्ला अछामको बयालपाटा अस्पतालले भने कागज रहित स्वास्थ्य सेवा दिईरहेको छ । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको व्यावस्थापनमा संचालन भईरहेको अस्पतालले आज भन्दा ७ बर्ष अघि देखि नै कागज रहित स्वास्थ्य सेवा दिईरहेको हो । नेपालमै पहिलो पटक न्याय हेल्थ नेपालले एकिकृत ईएचआर EHR बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको सुरु सुदुरपश्चिम प्रदेशको अछामबाट गरेको थियो । अछाम जिल्लामा संस्थाद्धारा संचालित बयालपाटा अस्पतालले सन् २०१५ मा पहिलो पटक यस्तो बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको व्यावस्थापनमा सबै प्रकारका स्वास्थ्य सेवा तथा अभिलेखका कामकाजलाई कागज रहित बनाई रेकर्ड राख्दै आएको छ ।

सुरुमा बिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली ईएचआर भ्ज्च् नाम दिए पनि हाल नेपाल ईएचआर भनेर नामाकरण गरिएको बयालपाटा अस्पतालका बरिष्ठ सुचना प्रविधि अधिकृत दिपक बिष्ट बताउछन् । न्याय हेल्थ नेपालले सो प्रणालीलाई देशका अन्य अस्पताल तथा क्षेत्रमा समेत विस्तार गर्दै आईरहेको छ । ईएचआर भ्ज्च् को प्रभावकारीताले संस्थाको व्यावस्थापनमा संचालित दोलखाको चरिकोट अस्पताल, अछाम जिल्लाको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत बिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली ईएचआरको प्रयोग भईरहेको बरिष्ठ ईएचआर सहायक रमेश महरले बताए । सो बिद्युतिय अभिलेख प्रणालीको प्रयोग नुवाकोटमा रहेको त्रिशुली सरकारी अस्पतालले समेत गरेको छ ।

प्रभावकारी तथ्यांक र काममा सहजताका लागि बिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली राम्रो रहेको भन्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल, गोर्खा जिल्लाको आँमपिपल अस्पतालले पनि प्रयोगमा ल्याएको छ । सम्पूर्ण रुपमा आमपिपल अस्पतालले पनि अहिले कागज रहित स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । न्याय हेल्थ नेपालसंगको साझेदारीमा आमपिपल अस्पतालले नेपाल ईएचआर ल्भउबभ्ज्च् िबिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली लागु भएको कार्यान्वयन ईजिनियरिंग प्रबन्धक दिपक न्यौपानेले बताए ।

यसै आर्थिक बर्ष बाट कर्णाली प्रदेश सरकारले पनि न्याय हेल्थ नेपाल संग समन्वय गर्दै प्रदेश अन्र्तगतका जिल्लाहरुका अस्पताल तथा स्वास्थ्यमा नेपाल ईएचआर ल्भउबभ्ज्च् िलागु गर्ने भएको छ । कर्णाली प्रदेशका रुकुम, डोल्पा, मुगु, कालिकोट, दैलेख, र हुम्ला जिल्लामा पनि नेपाल ईएचआर ल्भउबभ्ज्च् िलागु हुने भएको न्यौपानेले बताए ।

नेपाल ईएचआर ल्भउबभ्ज्च् िलागु भएका अस्पतालमा उपचारका लागि पहिलो पटक आउने बिरामीलाई दर्ता नं. सहितको एक कार्ड दिईन्छ । त्यसपछि कुनै कागजको प्रयोग नगरेरै सेवा दिन सुरु गरिन्छ । अस्पतालले बिद्युतीय स्वास्थ्य अभिलेख भ्ज्च् पद्धति मार्फत बिरामीहरुको सवै बिवरण ईएचआरमा अभिलेखीकरण गरिएको हुन्छ । बिरामीलाई जाँच गरिसकेपछि चिकित्सकले उनको रोग तथा निदानको वारेमा सवै कुरा कम्प्यूटर मार्फत भ्ज्च् मा ईन्ट्री गर्छन सोही अनुसार बिरामीलाई कस्तो उपचार गर्नु पर्ने हो भन्ने कुरा एक्सरे, प्रयोगशाला तथा अन्य फाँटले समेत सजिलै हेर्न सक्छन । र यसरी बिरामीको उपचारपछि औषधी लिनलाई समेत कागजी प्रयोग हुदैँन, डाक्टरले औषधी भ्ज्च् मै लेख्छन र त्यसको रेकर्ड सिधैँ औषधी बितरण कक्षमा भ्ज्च् कै अर्को कम्पोनेन्ट इम्इइ मा जान्छ त्यसपछि औषधी बितरण कक्ष फार्मेसीबाट औषधी दिईन्छ यसरी औषधी बितरण गरेपछि मौज्दातबाट क्रमश घटेर जान्छ । महिनामा के कति औषधी खर्च भयो भनेर सजिलै तथ्यांक निकाल्न सकिन्छ ।

फार्मेसी र भण्डार शाखामा औषधी लगायत अन्य सामाग्रीको मौज्दात के कति छ भनेर सजिलै हेर्न सकिन्छ भने म्याद सकिएका औषधी तथा सामाग्री के कति छन् भने पनि सहजै रिपोर्ट निकालेर काम गर्न सकिन्छ । यस्तै बर्षभरी खपत भएको मात्रा बाट कुन बर्षमा के कति खर्च हुन्छ भनेर पनि जानकारी लिएर बार्षिक रुपमा खरिदका लागि सजिलै काम गर्न सकिन्छ ।
यी सबै कुराको रेकर्ड सधैँभरीको लागि अभिलेख भएको हुन्छ र अर्को पटक आउदाँ पहिलो पटक दिएको कार्ड नं. ले सबै कुरा सजिलै हेर्न सकिने प्राबधान बनाईएको छ । बिरामीलाई भविष्यमा चाहिने रिपोर्ट लगायतका सबै प्रकारका तथ्यांक सजिलै प्राप्त गर्न सकिन्छ । न्याय हेल्थ नेपालका अनुसार यो अभिलेख संसथाले निर्धारण गरेको नेटवर्कको सरभरमा मात्र सिमित हुने भएकोले बिरामीको तथ्याँक चुहावट हुने सम्भावना हुदैँन ।

बिद्युतिय अभिलेख प्रणालीले काम गर्न र बिरामीको रेर्कड राख्न तथा भबिष्यमा भईपरिआउने समस्याका बारेमा जानकारी लिन नेपाल ईएचआर प्रभाकारी माध्यम बनेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठक बताउछन् । स्वास्थ्यकर्मीलाइ यसले का मगर्न सहजता बनाएको छ भने प्रविधिमा उनिहरुको व्यक्तीगत विकास समेत बृद्धि हुने डा. पाठकको भनाई छ । अस्पतालले के कती र कस्ता खालका बिरामीको उपचार गर्यो भन्ने कुरा रेर्कड बर्षौ पछि सम्म हेर्न मिल्ने भएकाले यो प्रभावकारी माध्यम भएको उनको भनाई छ । यो बिद्युतिय प्रणालीले नेपाल सरकारको स्वास्थ्य मन्त्रायलमा गर्नुपर्ने रिपोर्टंगमा समेत सहजता हुने भएकाले देशका अन्य अस्पतालमा समेत यो लागु गर्नुपर्नेमा उनको जोड छ ।

त्यति मात्रै नभई यो बिद्युतिय अभिलेख प्रणाली भ्ज्च् ले सुचना तथा अभिलेखको अर्को महत्वपुर्ण काम म्ज्क्क्ष्द्द को लागि तयार गर्नुपर्ने प्रतिबेदनका लािग आवश्यक सबै तथ्यांक समेत भ्ज्च् मार्फत एकैछिनमा नेपाल सरकारको रिर्पोट टुल म्ज्क्ष्क्द्द मा पठाउन सकिने व्यावस्था समेत गरिएको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालित अस्पतालहरुमा यसको प्रयोग भई प्रभावकारीताको पुष्टी समेत भईसकेको छ । हाल न्याय हेल्थ नेपालले एकिकृत भ्ज्च्रम्ज्क्ष्क्द्द प्रणाली मार्फत बिरामीको रेकर्डसंगै मासिक ज्क्ष्:क् प्रतिवेदन समेत यसैको माध्यमबाट रिपोर्टगं गर्दै आईरहेको छ । जसले गर्दा डिजिटल तथ्यांकमा मानविय त्रुटी कम हुनुका साथै छोटो समयमै प्रतिबेदन केन्द्रिय प्रणाली म्ज्क्ष्क्द्द मा पठाउन सफल भएको छ ।
तर नेपालका अन्य हरेक स्वास्थ्य संस्थालाई मासिक प्रतिवेदन तयार पार्न करिब एक हप्ता लाग्ने गरको छ भने स्वास्थ्य संस्थाले तयार पारेको प्रतिबदेन केन्द्रिय रिपोर्टिगं सफ्टवर म्ज्क्ष्क्द्द मा राख्न कम्तिमा पनि दुई हप्ता लाग्ने गरेको छ । यसरी कागजी रुपमा हातले तयार पारेको प्रतिबेदन रजिस्टरमा तथ्यांक राख्ने, ज्:क्ष्क् को ढाँचामा तथ्यांक झिक्ने, हिसाव गर्ने, म्ज्क्ष्क्द्द मा तथ्याक प्रतिबेदन गर्ने जस्ता काममा मानबिय त्रुटि हुने भएकाले म्ज्क्ष्क्द्द बाट लिईने तथ्यांक प्रभावकारी नभएको पाईएको छ । त्यसैले नेपालका सबै स्वास्थ्य संस्थामा बिद्युतिय अभिलेख प्रणाली लागु गर्न आवश्यक छ । च्ल्भउबभ्ज्च् िलाुग गर्ने हो भने हप्तौँ दिन सम्म लाग्ने काम एकैछिनमा प्रभावकारी र चुस्तदुरुस्त तथ्यांक दिने सकिने बलियो माध्यमको रुपमा प्रयोग गर्न सकिने एक बिश्वासिलो बिद्युतिय माध्यम तयार भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “ज्यकउष्तब ि:बलबनझभलत क्तचभलनतजभलष्लन एचयनचबm (ज्:क्ए)” मा परिभाषित गरे अनुसार देशका हरेक जिल्ला स्तरिय अस्पतालहरुमा बिद्युुतिय प्रणाली मार्फृत बिरामीको दर्ता देखी अभिलेख राख्नु पर्ने भनिएता पनि हालसम्म उक्त बिधि खासै लाुगु भएको पाईदैन । प्रविधिको विकास र समयको माग संगै राज्यले समेत यस्तो प्रकारको अभिलेख राख्ने प्रणालीको प्रयोग गर्ने हो भने हरेक प्रकारका तथ्यांक छोटो समयमै देशका कुनैपनि ठाँउमा हेरेर प्रयोग गर्न मद्दत पुग्ने देखिन्छ ।

जसले गर्दा दिनौँ लगाएर कागजी रुपमा रिपोर्ट तयार पारी फेरी सफ्टवयरमा राख्नुपर्ने झण्झटिलो कामको अन्त्य हुनुका साथै समयको समेत बचत र प्रभावकारी तथ्यांक तयार हुन्छ । यस प्रकारको बिद्युतिय तथ्यांकले प्रयोगकर्ता एवंम प्रबन्धकलाई आफ्नो संस्थामा भईरहेका सेवाहरुको जानकारी लिन तथा निगरानी राख्न ईनटरनेटको पहुँच भएको ठाँउबाट सजिलै हेर्न तथा बिश्लेषण गर्न सकिनेछ । यसका साथै हाल प्रयोगमा भईरहेको कागजी भण्डारणको लागत कम गर्न र व्यावस्थापनमा हुने कठिनाई समेत हटेर जाने देखिन्छ भने विश्वसामु सुचना प्रणालीको स्तर उन्नतीमा प्रतिष्पर्धा गर्न र राज्यलाई प्रभावकारी तथ्यांक प्रयोगमा समेत टेवा पुग्नेछ ।

नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यावस्थापन प्रणाली मार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ । उक्त कुरा कागजी माध्यम मार्फत हुदै आईरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्क्ष्:क् रिपोर्टिगंको लागि म्ज्क्ष्क्द्द प्रयोग गर्दै आइरहेको छ । उक्त माध्यमबाट तथ्यांक चित्रण गर्न, रोगहरुको म्यमपिगं र अुनुकतिल ड्यासबोर्ड बनाउन प्रभावकारी रहेको छ । म्ज्क्ष्क्द्द विश्वका ६० भन्दा बढी देशहरुमा प्रयोग भएको पाईन्छ ।

NepalEHR बिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली के हो ?
सुरुमा भ्ज्च् नाम दिईको बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीलाई हाल नेपाल ईएचआर नामाकरण गरिएको छ । यो एक खुल्ला श्रोत अन्र्तगतको सफ्टवयर हो । यसले बिरामीको एकिकृत तथ्य, चिकित्सकिय ईतिहास, समस्या, प्रयोगशाला रिपोर्ट, एक्सरे तथा भविष्यमा अपनाउनु पर्ने ओषधी उपचार एकैठाँउमा सुरक्षित गर्ने काम गर्दछ । बिरामी दर्ता देखी सबै उपचार भएसम्मको रेकर्ड एकैठाँउमा सजिलै राख्द्छ र यसरी रेकर्ड गरिएका तथ्यांकलाई एकै क्लिकमा म्ज्क्ष्क्द्द प्रतिबेदन सफ्टवयरमा पठाउने काम गर्दछ । यस संगै जोडिएका अरु कम्पोनेन्टले संस्थामा औषधी तथा अन्य सामाग्रीको व्यावस्थापनका लागि काम गर्दछ । संस्थामा के कति मौज्दात छ भन्ने जानकारी र प्राप्त र निकासी, खर्चको विवरणको काम समेत यसै मार्फत हुने गर्दछ ।

समुदायलाई अस्पतालसंग सिधै कनेक्ट ।

न्याय हेल्थ नेपाललले अस्पतालमा मात्र नभई समुदायलाई समेत बिद्युतिय प्रणालीमा जोडेको छ । समुदायलाइ सिधैँ संस्था तथा अस्पताल संग जोड्न समेत बिद्युतिय अभिलेख प्रणाली मार्फत नै काम गर्दै आईरहेको छ । ल्भउबभ्ज्च् िसंग कमकेयर सफट्वयरलाई एकिकृत गरी समुदायका बिरामीको अवस्था समेत अस्पतालमा जानकारी हुने गरेको छ । संसथाले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रम लागु भएका क्षेत्रका बिरामीहरुको रेर्कड सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा नर्सहरुले आफ्नो मोबाईलमा कमकेयरमा रेकर्ड राख्छन् त्यो रेर्कड पछि गएर सिधैँ ल्भउबभ्ज्च् िसंग एककिृत हुन्छ । जसले गर्दा समुदायमा समेत के कस्ता समस्या भएका बिरामी छन्, जोखिम के छ, उनिहरुलाई कुन बेला कस्तो उपचार र औषधी दिनुपर्ने हो भन्ने कुराको तथ्यांक समेत बिद्युतिय प्रणाली मार्फत नै जानकारी हुने गरेको छ । नेपाल सरकारसंगको साझेदारीमा न्याय हेल्थ नेपालले व्यावस्थापन गर्दै संचालन भईहरको अछाम जिल्लाको बयालपाटा अस्पतालले बिरामी अस्पताल प्रबेश देखि निको भएर घर नफर्कञ्नजेल सम्म सबै प्रकारका सेवा निशुल्क रुपमा प्रदान गर्दै आईकरहेको छ ।