मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यका लागि कुन प्रकारको नुन कति सेवन गर्ने?

स्वास्थ्यका लागि कुन प्रकारको नुन कति सेवन गर्ने?


बिबिसी : नुन हाम्रो खानपानमा सोडियमको प्रमुख स्रोत हो। हाम्रो शरीरका लागि सोडियम निकै महत्त्वपूर्ण हुन्छ। कोशिकाहरूलाई राम्रोसँग काम गर्न, शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित गर्न तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्न सोडियमले महत्त्वपूर्ण भूमिका खेल्छ।

नुन हाम्रो जीवनका लागि एक महत्त्वपूर्ण तत्त्वभित्र पर्छ। हाम्रो शरीरलाई आवश्यक पर्ने सोडियमको ९० प्रतिशत मात्रा नुनबाट पाइन्छ। यसलाई वैज्ञानिक भाषामा सोडियम क्लोराइड पनि भनिन्छ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसलाई दैनिक पाँच ग्रामभन्दा कम नुन खान सुझाव दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हुन्छ।

कुनै पनि व्यक्तिले आवश्यकताभन्दा बढी नुन खाएमा ब्लड प्रेसर बढ्ने जोखिम हुन्छ। मुटु रोगी र ग्यास्ट्रिकको समस्या भएका व्यक्तिका लागि पनि नुनको अधिक सेवन घातक हुन्छ। मस्तिष्कमा सुनको प्रवाहमा नकारात्मक असर अर्थात् अत्यधिक रक्त प्रवाहका कारण दिमागको कुनै नसा फाट्न सक्ने जोखिम पनि हुन्छ।

त्यसैले ठिक्क मात्रामा नुनको सेवन गरेर ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सकिन्छ। र, यसको अधिक सेवनले हुने जोखिमबाट बच्न सकिन्छ।

सेल्टिक साल्ट अर्थात् ग्रे साल्टमा पनि सोडियमको मात्रा कम हुन्छ। यसमा पनि खनिज र लवण प्रशस्त मात्रामा हुन्छ। यो नुनमा कुनै पनि बाहिरी चिज मिसाइँदैन। त्यसैले यो एकदमै शुद्ध हुन्छ।

बजारमा थुप्रै प्रकारका नुन उपलब्ध छन्। तर, ती मध्ये जसमा सबैभन्दा कम सोडियम हुन्छ त्यो नै स्वास्थ्यका लागि लाभदायक हुन्छ।

विश्वका विभिन्न भागमा नुनलाई तयार गर्ने भिन्नाभिन्नै तरिका छन्। त्यसमा सामेल गरिएका चीज, रंग र स्वादका आधारमा फरक-फरक नुन बजारमा उपलब्ध हुन्छ।

रिफाइन्ड नुन आम रूपमा बढी प्रयोग गरिन्छ। यसमा ९७ देखि ९९ प्रतिशतसम्म सोडियम क्लोराइड हुन्छ। यसमा अशुद्धता हुँदैन। र, यो स्वास्थ्यका लागि राम्रो मानिन्छ।

जस्तो सी साल्ट समुन्द्रको पानीलाई वास्वीकृत गरेर तयार गरिन्छ। यो रिफाइन्ड हुँदैन। यसमा अधिक मात्रामा खनिज र लवण पाइन्छ। 

यसका अलावा यसमा आयोडिनको मात्रा पनि राम्रो हुन्छ। यो हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ। समुन्द्री नुनमा आम नुनको तुलनामा १० प्रतिशत सोडियम कम हुन्छ।

यसरी गरी हिमालबाट निकालिने गुलाबी नुनमा पनि सोडियम कम हुन्छ। यसमा म्याग्नेसियम र पोटासियम जस्ता खनिज तथा लवण तत्त्व हुन्छ।

सेल्टिक साल्ट अर्थात् ग्रे साल्टमा पनि सोडियमको मात्रा कम हुन्छ। यसमा पनि खनिज र लवण प्रशस्त मात्रामा हुन्छ। यो नुनमा कुनै पनि बाहिरी चिज मिसाइँदैन। त्यसैले यो एकदमै शुद्ध हुन्छ।

बजारमा लाइट साल्ट वा लो सोडियम साल्टको नामबाट बिक्री हुने नुन पनि पाइन्छ। जसमा सोडियमको मात्रा पचास प्रतिशतभन्दा कम हुन्छ।

पोटासियम साल्टको नामबाट पाइने नुन पनि बजारमा हुन्छ। जसमा सोडियम हुँदैन। भए पनि एकदमै न्यून हुन्छ।

धेरै नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले कस्तो नुन सेवन गर्ने भनेर आफैले चुन्नुपर्छ। हाम्रो डाइटमा पाकेको खाने कुराबाट मात्र सुन गइरहेको हुँदैन। यस्तै धेरै उत्पादन पनि हुन्छन् जसमा नुनको प्रचुर मात्रा हुन्छ। यस्ता चिजको सेवन अधिक गरेको अवस्थामा स्वास्थ्यलाई हानी पुग्छ।

अमेरिकी खाद्य एवं ड्रग एडमिनिस्ट्रेशनका अनुसार हाम्रो डाइटमा सामेल सोडियमको ७० प्रतिशत मात्रा प्याकेटमा बन्द अर्थात् तयार खाद्य सामग्रीबाट पाइन्छ।

सुपको माध्यमबाट आउने तयारी खाद्य पदार्थ, पहिले नै पकाइएका खाने कुरा, साल्टेड मिट, ससेज, साल्टेड फिस जस्ता कुरामा नुनको मात्रा हुन्छ। चिप्स, फ्राई नट्स र पपकर्न जस्ता नमकिन युक्त चिजमा पनि नुनको मात्रा हुन्छ। त्यसैले यस्ता चिजको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

त्यसैले नुन युक्त स्न्याक सेवन गर्नुको साटो नुन नभएका वा कम भएका खाने कुरा फलफूल या अन्य चिजको सेवन गर्नुपर्छ।

प्याकेटमा बन्द खाने कुरामा नुन र मोनोसोडियम ग्लुटामेट हुन्छ। जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ।

चिकित्सकको सल्लाह बिना खानामा कम नुनको प्रयोग पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ। नुनको कम सेवनले निन्द्रामा समस्या हुनुका साथै मिर्गौलाको पत्थरी बन्ने जोखिम हुन्छ।