मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४८ वर्षपछि मुस्ताङमा पहिलो पटक गर्भवतीको सफल शल्यक्रिया

४८ वर्षपछि मुस्ताङमा पहिलो पटक गर्भवतीको सफल शल्यक्रिया


गण्डकी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्ला अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया भएको छ । २४ बर्षिया एक गर्भवती महिलाको सफल शल्यक्रिया भएको मुस्ताङ अस्पतालले जनाएको छ ।

जिल्लाको लेते गाँउपालिका ३ कालोपानीका मनिश परियारका श्रीमती २४ बर्षिय अनिता परियारको शफल शल्यक्रिया मार्फत पहिलो बच्चा जन्माईएको हो । ति महिलाको पाठ्घरमा पानीको मात्र कम र प्रसुती व्यथा पनि नबढेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएको शल्यक्रियामा संलग्न एमडिजीपी डाक्टर कुन्दन कर्णले बताए ।

अप्रेशन पश्चात बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डण्ट डाक्टर बिशाल तिवारीले जानकारी दिए । बुधबार बिहान ६ः३० बजे ति महिलाको जिल्ला अस्पतालमा पहिलो पटक शफल शल्यक्रिया भएको उनले बताए ।

कहि कतै शल्यक्रियामा असहज हुन्छ की भनेर हामीले पोखरामा हेलिकप्टर तैनाथ अवस्थामा राख्न खबर गरेका थियौँ तर जिल्लामै सफल शल्यक्रिया भएको उनले बताए ।अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा विशाल तिवारीका अनुसार अस्पतालमा यो नै पहिलो शल्यक्रिया हो।

शल्यक्रिया कक्ष स्थापना संगै डा. कर्णको नेतृत्वमा एक टिम तयारी अवस्थामा रहेपछि पहिलो पटक शल्यक्रिया गर्न सफल भएको डा. तिवारीले बताए । पहिलो पटक भएको शल्यक्रियामा डा. कुन्दन कर्णको नेतृत्वमा डा. बिशाल तिवारी, डा राजीव सापकोटा, नर्स, सुनिता श्रीमल र निता घर्तिमगर लगायतको टिम संलग्नता रहेको थियो ।

यसअघि शल्यक्रिया गर्नु पर्ने गर्भवती महिला र सुत्केरी महिलालाई हेलिकप्टर मार्फत पोखरा लगायतका अन्य ठाँउमा पठाउनु पर्ने बाध्यता थियो । कसैको समयमै उपचार नभई मृत्यु सम्म भईरहेको अवस्था थियो अब त्यो अवस्थाको अन्त्य हुने अस्पतालका एमडिजिपी डाक्टर कुन्दन कर्णले बताए ।

आफ्नो नेतृत्वमा पहिलो पटक दुर्गम मुस्तागं जिल्लामा गर्भवती महिलाको सफल शल्यक्रिया गर्न पाउदा खुशी लागेको उनले प्रतिक्रिया दिए । अब यस क्षेत्रका जनतालाई सहजै राम्रो सेवा दिन सकिने उनको भनाई थियो ।

प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयको अथक प्रयासले सफल भयौं : सचिव डा. तिवारी

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनागं र मुस्ताङमा हालसम्म शल्यक्रिया सुबिधा थिएन । हालसम्म पनि ति जिल्लामा गर्भवती तथा सुत्केरी महिलालाई अप्ठेरो हुदाँ शल्यक्रिया गुर्नपर्ने अवस्था आए सुगम जिल्लामा पठाउनुपर्ने र हेलिकप्टरको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।

मुस्ताङ जिल्लामा भने अब त्यस्तो बाध्यताको अन्यत भएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बताए ।

हाम्रो अथक प्रयास र मेहनत पछि दुर्गम मुस्ताङ जिल्लामा अप्रेशन कक्षा स्थापना गरी गर्भवती महिलाको सफल शल्यक्रिया गर्न सफल भएको डा. तिवारीले बताए । प्रदेश सरकार संगै केन्द्र सरकारको पनि यस कार्यमा सहयोग रहेको डा. तिवारीको भनाई छ ।

त्यस क्षेत्रका जनताले आफ्नो घर नजिकै सहज सेवा पाउनु पर्छ भनेर आफुले पहल गरेको र त्यसमा सबै क्षेत्रबाट साथ सहयोग प्राप्त भएपछि यो कार्यमा सफल भईएको उनले बताए । अप्रेशन कक्षका लागि आवश्यक सामाग्री प्रदेश सरकार र जनशक्तिको व्यावस्थापन केन्द्र सरकार मार्फत भएको उनले बताए ।

अब छिट्टै मनांग जिल्लामा पनि अप्रेशन कक्ष स्थापना गरी सेवा दिने लक्ष्य रहेको उनले बताए । गण्डकी प्रदेशका अन्य दुर्ग जिल्लामा भने ६ बर्ष अघि देखि नै शल्यक्रिया सेवा सुरु भएपनि मनांग र मुस्ताङमा भने सुरू हुन सकेको थिएन ।

स्थानिय पालिका संग समन्वय गरेर सेवालाई थप प्रभावकारी बनाउदै लैजाने डा. तिवारीको भनाई छ । सबैको साझा प्रयासबाट सेवा सुरु गर्न पाउदाँ खुशी लागेको उनले प्रतिक्रिया दिए। २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ। सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा भएको यो नै पहिलो शल्यक्रिया हो ।