मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा हरेक दिन १ जनामा एड्स संक्रमण

नेपालमा हरेक दिन १ जनामा एड्स संक्रमण

९० प्रतिशतले संक्रमण घटेको सरकारी तथ्यांक


नेपालमा  दैनिक १ जनालाई एचआइभी एड्स संक्रमण हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार वयस्क जनसंख्यामा ०.११ प्रतिशत संक्रमण दर रहेको छ।  सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ। 

नेपालमा सन् २०२२ मा मात्रै ३ सय ४४ व्यक्तिहरुको एड्सका कारण निधन भएको तथ्यांकमा उल्लेख छ। जुन सन् २०१० को तुलनामा ८० प्रतिशतले कम हो। सन् २०१० मा अनुमानित १ हजार ७ सय व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको थियो। 

त्यस्तै सन् २ं०२२ मा ० देखी १४ वर्ष उमेरसम्मका ५२ बच्चाहरुमा नयाँ संक्रमण भएको थियो। तथ्यांकअनुसार हालसम्म २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टिरेट्रोभाईरल उपचार लिइरहेका छन् र अुनमानित कूल एचआइभी संक्रमितमध्ये ७८ प्रतिशत मात्रै एआरभी उपचारमा रहेका छन्। 

नेपालमा एचआइभी एड्ससम्बन्धी कार्यक्रम 
नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरे अनुरुप उच्च जोखिममा रहेका समुहहरु जस्तै सुईद्वारा लागु पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका ग्राहकहरु पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पतिहरु र जेलमा रहेका केदिहरुका लागि एचआइभी रोकथाम कार्यक्रम एवं संक्रमित र प्रभावितहरुका लागि उपचार , हरेरचार तथा सहयोग कार्यक्रमहरु संचालनमा आइरहेका छन्। 

सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले लिएको छ। त्यस्तै नयाँ एचआइभी संक्रमण रोकथाम गर्ने,एचआइभी संक्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुमा सुधार ल्याउने, एचआइभी संक्रमित तथा मुख्य मुख्य मुख्य समूहहरुमा एचआइभी सम्बन्धित असमानताहरु कमी ल्याउने  यस रणनीति योजनाको मुख्य लक्ष्य रहेको छ। 

हाल नेपालका ६१ जिल्लाका ८५ एआरटी सेन्टरबाट  एन्टीरेट्रोभाइरल उपचार सेवा निशुल्क रुपमा उपलब्ध गराइएको छ। त्यस्तै ७७ वटै जिल्लाहरुका स्वास्थ्य संस्थाबाट एचआइभी निशुल्क परामर्श सेवा प्रदान गरिएको छ। सन् २०२२ मा नेपालमा एक करोड ५९ लाख अमेरिकी डलर राष्ट्रिय एचआइभी कार्यक्रमका लागि खर्च भएको थियो कूल खर्चमा नेपाल सरकारको लगानी १९ प्रतिशत मात्रै रहेको छ। 

एचआइभी कार्यक्रममा चुनौती तथा प्राथमिकता 
हेपाटाइटिस बी, हेपाटाइटिस सी भाइरस तथा यौन रोग रोकथाम र उपचारसम्बन्धी कार्यक्रम एवं सेवाहरु देशभरी विस्तार गर्नु यस कार्यमक्रममा चुनौतीका रुपमा देखापरेको छ। एचआइभी रोकथामका कार्यक्रमहरु तथा एचआइभी संक्रमण रोक्न तथा हालसम्म  सेवा नपाएका जोखिम समूहहरुलाई प्राथमितकलामा राखि समयमा नै गुणस्तर सेवाको पहुँच पुर्‍याउनका लागि प्राथमिकतामा राखिने छ। एचआइभी संक्रमितलाई औषधि वितरणमा प्रभावकारीता बढाइने विषयलाई प्राथमिकतामा राखिने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।