मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“म सँग खत्रा विजनेस आईडिया छ”

“म सँग खत्रा विजनेस आईडिया छ”


भिम बहादुर साउद

साेचले कुनै बेला उर्जा दिन्छ भने कुनै बेला सिथिल बनाउँछ । हामी बढिजसाे आफ्नाे साेच अनुसार जीवन चलाईरहेका हुन्छौं । साेच कसरी जन्मिन्छ ?  किन आउछ ? कसरी, चाहिने जति मात्रै साेच्ने ? 

नसाेचेर कसरी बस्ने यी कयौं कुराहरू छन जसबारे याे लेखमा मैले लेख्न खाेजेकाे हाेईन । 

“म सँग खत्रा विजनेस आईडिया छ ” टेक्सास व्यवसाय इन्क्युबेशन केन्द्र (Texas Business Incubation Center) मा काम गर्ने थालेकाे १४ महिनाकाे अनुभवमा याे कुरा बढिजसाे सुन्न पाईन्छ । Texas International Education Network भित्र Texas Business Incubation Center (TBIC) मा विद्यार्थीहरूसँग व्यवसाय इन्क्युबेशन केन्द्र (Business Incubation Center) सेसनहरू सुरू गर्दा ताकाकाे सुरूवातमै जाे सँग अलिकति उद्यमशिलताकाे भाेक छ तिनिहरूले भन्ने गर्छन् कि म सँग खत्रा विजनेस आईडिया छ । काेहि काेहि फेरि अलमलमा पर्छन् कि “अनि याे आईडिया खत्रा छ छैन भनेर कसरी थाहा पाउने ? कसले चेक गरिदिन्छ ? खत्राकाे प्यारामिटर के हाे ? यसकाे बारेमा साेच पुगेकाे भए साहेत याे खतरा लाई खत्रामा रूपान्तरण गर्थेनन् हाेला है ।

अब कुरा गराै हामीलाई लाग्ने केही विना प्रमाण विश्वासहरू, पहिला पहिला नेपाली पढाउने सरले सानाे उमेरमा राम्रो गित गाउने, नाच्ने जे हाेस अलिकति अरूभन्दा फरक काम, शृर्जना गर्ने विद्यार्थीलाई राखेर हामिलाई भन्नुहुन्थ्यो “हुने विरूवाकाे चिल्लो पात भनेकाे यहि हाे” भनेर त्याे बेला सरले भनेकाे ठिक हाे, हामी किन त्यस्तो बनेनाै भनेर अलिअलि साेच आउथ्याे तर फेरि हामी उहि तालमा गै हाल्थेम । अहिले आएरशरिरलाई चुपचाप राखेर दिमागलाई खेल्न दिने हाे भने त्याे हाम्रो कक्षाकाे साथि, अनि सरले भनेकाे चिल्लो पात कता गयाे हाेला भनेर साेच्न बाध्य हुन्छ दिमाग । के खस्रो पात भएका हामी जस्तो रूखै हाेईनाै त खै? सर लाई भेटेसि साेधम्ला, खैर जे हाेस आज राम्रो साेच राख्ने मान्छे भाेलि गई राम्रो साेच नै राख्छ भन्ने जरुरी छैन । मान्छेलाई मान्छेले नै बदल्छ । हिजाे का कयौं चिल्ला पातहरू अाज खस्रो भए हाेलान काेहि हिजाेका खस्रा पात अाज चिल्ला भए हाेलान यसकाे जिम्मा भगवान्लाई छाेडदिम । यति भनेसि हरेक दिनकाे छुट्टाछुट्टै अस्तित्व छ भन्ने कुरा स्पष्ट हुनुभयाे भन्ने आश गरे । 

अब लागाै खत्रा आईडिया तर्फ दिमागमा जब कुनै विजनेस अाईडिया आउछ नि त्याे बेला जाे सुकैलाई खत्राई लाग्नु स्वभाविकै हाे, कुरा आयाे कसरी खत्रा । यसकाे नापतौल नहुदै खत्रा लागेकाे आईडिया विस्तारै खतरा पनि हुनसक्छ । एउटा नेपालिमा उखान छ ” बुझ्याे झन कठिन, झनझन बुझ्याे झन कठिन” सबैभन्दा ठुलाे कुरा त अाईडिया अायाे त्यसपछिको महत्त्वपूर्ण भनेकाे चाहिँ कार्यनयनमा ल्याउनु हाे जुन मार्गमा धेरै जना हिड्न रूचाउदैनन् । दिमागमा अाएकाे अाईडिया कति सम्म बसिरहन सक्छ हाेला ? के अहिले अाफुलाई खत्रा लागेकाे अाईडिया सबैलाई खत्रा लाग्छ त ? अहँ दुवै प्रश्नको उत्तर अाफै खाेज्नुहाेला किनभने मान्छे अनुसार उत्तर फरक हुनैपर्छ । 

तपाईंहरू जाे सुकैलाई खत्रा लागेकाे विजनेस अाईडिया बजारमा राज गर्छ भन्ने केहि नजरअन्दाज छ त ? त्यसैले सपना सबैले देख्छन, पूरा गर्ने अाट कमैले गर्छन र हासिल गर्ने अाैलामा भेटिन्छन् । केही कुरा हुनुले मात्रै जिन्दगीमा अर्थ नराख्दाे रहेछ । मानाै तपाईं सँग पुग्ने पैसा छ तर सहि व्यवस्थापन गर्ने सकिएन भने एक दिन सकिन्छ, मानाै तपाईं अहिले जवान हुनुहुन्छ हाेला, यस्तो बेला तपाईलाई लाग्छ म जे पनि गर्ने सक्छु, असम्भव केही छैन भनेर तर हामिले एउटा कुराकाे ख्याल गर्नेबाट जहिलै चुकेका हुदा रहेछाै त्याे भनेकाे वर्तमान बाचेर काम गर्ने । हामिलाई लाग्छ काम गर्ने सक्छाै तर गर्ने सुरूवात गर्दैनाै, केही जनाले सुरूवात गरिहाले पनि निरन्तरता दिदैनाै । यसकाे दाेष हामी अरूलाई नै लगाउनमा व्यस्त हुन्छाै, अाफै स्विकार्दै अगाडि पढ्नुपर्नेमा एउटै अस्वाभाविक कुरामा अल्झेर वर्तमान नष्ट गर्ने अवसर जहिल्यै पाउछाै । 

जबकुरा कुनै कुराकाे अर्थ स्पष्ट हुदैन तबसम्म यात्रा निरन्तर गर्ने जरुरी छ । सहि काममा गल्ति गर्ने छुट सबैलाई छ । गल्ति गर्ने, फेल हुन कहिलै कन्जुस्याइँ नगराै। अाफ्ना कदम राेकेर नबस्दा राम्रो , कसलाई के था अाउने सुनाैलाे विहानि अाफ्नै पाे हुन्छकि । जिन्दगी पनि हजार सम्भावनाको मार्ग हाे । जाे हिड्छ कि पाउछ, नभए सिक्छ तर पछुताे गर्नेछैन । कुनै पनि कुरा रातकाेरात परिवर्तन हुद‌ैन, उद्यमशिलताकाे बाटाे पनि निरन्तरताकाे हिडाई हाे याे यात्राकाे गन्तव्य भनेकाे ईनाेभेसन हाे जुन बेला बेला परिवर्तन भईरहन्छ । 

जाे जहाँबाट हुनुहुन्छ, सबैभन्दा बुझ्नुपर्ने कुरा भनेकाे खत्रा अाईडिया मात्रै भएर नहुदाे रहेछ । चाहे अाईडिया जस्तोसुकै खत्रा भएपनि यदि त्याे अाईडिया कार्यनयनमा गएर र अाईडिया डाेर्याउने डाईभरसँग यदि धैर्यता भन्ने कुरा छैन भने खत्रा विजनेस अाईडियाकाे कुनै अर्थ हुदैनन् ।