नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा बेहुली बन्दा खुशी देखिएकी थिइन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् ।
नायिका आँचल शर्माले सामाजिक संजालमा तस्वीर राख्दै आजबाट आफू उदिपको भएको लेखेकी छिन् । उनले बिहेलाई विशेष बनाउन साथ दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।
चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् । आँचल र उदिपले चैत्र १ गते बिहे भोजको आयोजना गरेका छन् । – onlinekhabar
प्रतिक्रिया