कमल रावल, ३० फागनु अछाम
बिश्व व्यापी रुपमा त्रासको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को रोकथाम नियन्त्रणका लागि अछामका विकास साझेदार सँस्थाहरु एकमत भएका छन ।
जिल्लामा रहेका विकास साझेदार सँघ सस्थाको तर्फबाट सहभागि सम्पूर्ण सरोकारवालाले चेतनामुलक पोष्टर, पम्पलेट तयार पारी वितरणका लागि भुमिका निर्बाह गर्ने प्रतिबध्दता जनाएका छन ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाको अध्यक्षतामा भएको बैठकमा सहभागि जिल्लामा काम गरिरहेका सबै बिकास साझेदार निकायका प्रतिनिधिले अछाममा भोलिबाट सँन्चालन हुने २ चरणको दादुरा रुबेला खोप अभियानलाई समेत सफल पार्न सहयोग गर्ने बताएका छन ।
प्रतिक्रिया