मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलो पटक सहसचिव स्तरको सिडियो आउने (सुची सहित)

अछाममा पहिलो पटक सहसचिव स्तरको सिडियो आउने (सुची सहित)


चैत्र २, अछाम /
जिल्लामा पहिलो पटक सहसचिव स्तरको सिडियो आउने पक्का भएको छ । जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा राजपत्र प्रथम श्रेणीका नेपाल सरकारका सहसचिव स्तरका पुण्य बिक्रम पौडेल आउनु भएका हुन ।

यस अघि अछामका सिडयो भोजराज श्रेष्ठको अछाम बाट धनकुटा जिल्लामा सरुवा भएपछि पौडेल अछाम आउने पक्का भएको श्रोतले जनाएको छ ।

पछिल्लो समयमा २ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा सरकारले सहसचिव स्तरको अधिकारीलाई सिडियोको रुपमा खटाउने निर्णय गरेको थियो ।

यस्तै भौगोलिक र आर्थिक लगायतका दृष्टीकोणले महत्वूर्ण मानिएका जिल्लामा पनि सहसचिव स्तरको अधिकारीलाई जिल्लाको जिम्मेवारी दिने सरकारको निर्णय थियो ।