मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशनका लागि प्रष्ट रोडम्याप हुनुपर्छ: प्रदीप पौडेल

महाधिवेशनका लागि प्रष्ट रोडम्याप हुनुपर्छ: प्रदीप पौडेल


नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशनका लागि प्रष्ट रोडम्यापका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।

भिन्न गुट चलाइरहेका कृष्णप्रसाद सिटौलाले सोमबार बत्तिसपुतलीमा डाकेको बैठकमा गएका पौडेलले सानो स्वार्थका लागि कुनै गुटसँग मिल्न नहुने पनि बताए।

‘अहिलेको नेतृत्वले महाधिवेशनलाई ठूलो जोखिममा पुर्‍यायो। महाधिवेशन जोखिममा पुर्‍याउनु भनेको पार्टी नै जोखिममा पुग्नु हो,’ उनले भने, ‘समयमै महाधिवेशन गर्न हामीले निरन्तर दवाव दिनुपर्छ।’

उनले क्रियाशील सदस्यता वितरण अभियान सुरू हुँदा पनि गत फागुन १५ भित्रै सक्ने भनेको समायोजनका काम बाँकी रहेकोमा नेतृत्वले खासै चिन्ता नजनाएको बताए।

‘४१ जिल्लामा मात्रै समायोजनका काम सकिएको छ। विभिन्न समिति बनाउन सक्ने नेतृत्व किन समायोजनका कामलाई प्राथमिकता दिइरहेको छैन?,’ पौडेलले प्रश्न गरे।

उनले आगामी वर्ष हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने बताए। ‘नेतृत्वले पार्टीमा एकाधिकार जमाउने र कन्ट्रोलमा राख्ने काम गरिरहेको छ,’ उनले भने। – सेतोपाटी बाट