मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम पनि कोरोना भाईरसको जोखिममा छ, सर्तकता अपनाउन जरुरी : डा. गौचन

अछाम पनि कोरोना भाईरसको जोखिममा छ, सर्तकता अपनाउन जरुरी : डा. गौचन

संक्रमण भित्रिन नदिन बयालपाटा अस्पतालको गेटमै स्कृनिङ गरिने


अछाम जिल्लाका साथै सुदूरपश्चिम र कर्णालीका केहि जिल्लाका बिरामीहरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गरी सेवाग्राहीको मन जितेर नेपालमै उत्कृष्ट अस्पतालको नाम दर्ज गराउन बयालपाटा अस्पताल यसअघि नै सफल भईसकेको छ । गुणस्तरिय सेवा सबैका लागि हुनुपर्छ भन्ने ध्ययेका साथ अघि बढेको संस्था न्याय हेल्थ नेपालद्धारा संचालित अछाम स्थित बयालपाटा अस्पतालले हाल बिश्वभरमा त्रासको रुपमा फैलिरहेको कोराना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि भने के गर्दै छ त ? कोराना भाईरस कोभिड १९ को बिषयमा केन्द्रित रहेर न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचन संग यस सुदूर आजका प्रधान सम्पादक पूर्णबहादुर खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

सुदूर आज

डाक्टर साब, स्वागत छ यहाँलाई ।
धन्यवाद ।

कोराना भाईस भनेको के हो, यसको बारेमा जानकारी गराईदिनुस न ?

कोराना भनेको एक प्रकारको भाईरस हो, यो भाईरस भनेको विभिन्न प्रजातिका हुने भाईरस जस्तै यो पनि एक भाईरस हो । आज भन्दा १८ बर्ष पहिले विश्वमा सार्स भाईरस भनेर फैलिएको थियो । त्यो पनि यस्तै कोराना भाईरस जस्तै अर्को प्रजातिले फैलाएको थियो । यो कोराना अर्कै प्रजातिको हो । यसले नराम्रै रुपले अहिले संसारभर नै त्रास फैलाएको अवस्था छ । यसले विशेष गरेर स्वास प्रश्वासमा बढी समस्या पारिरहेको छ । यसले गर्दा बिगतका ३ देखि ४ महिनाको अवधिमा संसारका एक सय ५० भन्दा बढी देशमा फैलिसकेको अवस्था छ ।

नेपालको हकमा अहिले संक्रमणको अवस्था के कस्तो छ ?

नेपालको हकमा आज भन्दा करिब २ महिना अगाडी ३२ बर्षका एक जना नेपाली उहाँ चिन बाट नेपाल आउन भएको र उहाँलाई रुघाखोकी लागेको हाम्रो टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा उपचार भएको थियो । उहाँलाई सूरुमा जाँच गर्दा संक्रमण नदिएको र पछि देखिए पनि निको भएर घर फर्किएको अवस्था छ । यो अवस्था हेर्दा के देखिन्छ भने उहाँबाट अरु व्यक्तीमा सरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । तर उक्त केश बाहेक अरुमा यसको संक्रमण देखिएको अवस्था भने छैन । विश्वका १ सय ५१ देशमा फैलिरहेको अवस्थामा नेपालमा पनि फैलिन सक्ने डर धेरै छ ।

अछाम जिल्ला पनि भारत देखि आवत जावत बढी हुने जिल्लमा पर्छ । भारतमा यसको संक्रमण फैलिसकेको अवस्थामा अछाममा भने यसको डर कत्तिको छ ?

अछाम जिल्ला पनि एक जोखिम कै जिल्लाका रुपमा पर्छ कोरोनाको लागि, किनभने तपाईले भने जस्तै अछाम जिल्लाका दाजुभाई तथा दिदिबहिनीहरु नेपाल बाट भारत र भारत देखि नेपाल आउनेक्रम भईरहने हुनाले पनि अछाम जोखिम कै जिल्लामा पर्छ । भारतको विभिन्न सहरमा यसको संक्रमण देखिएको अवस्था छ । त्यसैले अहिले चैते दशैँको अवसरमा भारतबाट धेरै दाजुभाईहरु नेपाल भित्रिने क्रममा कोरोनाको संक्रमण आउने हो कि भन्ने जोखिम कायम छ ।

उसो भए यसको संक्रमण फैलिन नदिन तत्कालको लागि के विधि अपनाउदाँ ठिक होला त ?

अहिलेको लागि हामीले अस्पतालमा कस्तो कस्तो प्रकारमा यो भाईरस हुन सक्छ, सम्भावित लक्षणहरुको आधारमा छुट्याउन सकिने अवस्था हुन्छ । तर हामीले पहिले नै सर्तकता अपनाउन जरुरी हुन्छ । जस्तो भिडभाड कम गर्ने, सामुहकि बैठक नगर्ने, प्रत्येक दिन हुने कक्षा नगर्ने, स्टाफ मिटिंग नगर्ने लगायतका सुरुवात हामीले अस्पताल बाटै गरिरहेका छौँ । किनभने यो समय भनेको अस्पतामा बिरामीको चाँप धेरै हुने समय हो, त्यसैकारण गर्दा एकजनामा मात्रै यसको संक्रमण देखिएमा सबैलाई सर्ने खतरा हुन्छ । त्यसै हामीले सबैलाई भनेका छौँ भिडभाड एकदमै कम गरौँ । यो सबै क्षेत्रमा लागु गर्न आवश्यक छ ।

कोराना भाईरसको संक्रमण जिल्लामा भित्रिन नदिन अस्पतालको पूर्व तयारी के छ ?

यसमा एक अस्पतालले भन्दा पनि सामुहिक रुपमा तयारी गर्नुपर्ने हुन्छ । स्थानिय तह, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय सबै मिलेर अगाडी बढ्नु पर्ने हुन्छ । जस्तो अहिलेको लागि अछाम भित्रिने मुख्य दुई नाका चौखुट्टे, कर्णाली बेलखेतमा र साँफेबगर एरपोर्टमा हेल्थ डेस्क स्थापना भईसकेको छ । यो ठाँउमा हामीले स्कृनिगं गर्न एकदमै आवश्यक छ । स्वास्थ्यकर्मीलाई व्यक्तीगत सुरक्षाका सामा्रगी लगाएर आवत जावत गर्नेहरुको ज्वरो नाप्ने लगायतका जाँच गर्नुपर्ने हुन्छ । यसले गर्दा बाहिरबाट आउनेको राम्रोसंग निगरानी हुने र संक्रमित लाई रोक्न सकिने अवस्था हुन्छ । यदि संक्रमित भेटिएको अवस्थामा नेपालमा टेकुमा मात्र प्रयोगशाला मार्फत मात्र थाह हुनेभएकाले त्यस्तो लक्षण भेटिएमा के गर्ने कसरी अगाडी बढ्ने भनेर हामी सबै निकाय संग सल्लाह गरेर अघि बढ्न सकिने अवस्था छ ।

यो स्थापना भएका हेल्थ डेस्कले केही हद्सम्म काम गर्छ भन्ने यहाँको बुझाई हो ?

हेल्थ डेस्क स्थापना भएर मात्र हुदैन, त्यसमा हामीले बृहत रुपमा स्कृनिगं गर्नुपर्ने हुन्छ, अहिले हामीले के मात्र गरिरहेका छौँ भने ज्वरो नाप्ने काम मात्र, त्यसैले मैले स्वास्थ्य कार्यालयसंग सल्लाह गरेर त्यहाँ जे जे कोरोनाको लक्षण हुन त्यो बारेमा पनि बुझ्ने तब मात्र भित्रिन दिने भन्ने कुरा गरेका छौँ । नेपालका जहाज कम्पनीहरुले बृहत रुपमा ज्वरो नाप्ने काम गरिहेका छन् त्यसले पनि केही हद् सम्म भएपनि काम गर्छ । विकसित देशहरुमा आपतकालिन घोषणा गरेर ठुलाठुला रेष्टुरेण्टमा खान समेत बन्द गरिएको छ, त्यसले नेपालमा पनि त्यस्तो लक्षण देखिएमा त्यही बिधी अपनाउनु पर्ने हुन्छ । हल्लाको हिसाबले हेर्ने हो भने त व्यापक रुपले साँचै नै यो अहिले संसारभर त्रासको रुपमा फैलिरहेको र यसले सबैले त्रसित बनाईरहेको छ । यसको त्यसैले यसको बारेमा अहिलेको अवस्थामा सबैले जान्न जरुरी छ ।

हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीलाई यसको जोखिम कत्तिको हुन्छ, उहाँहरुले कस्तो खालको सर्तकता अपनाउन जरुरी हुन्छ ?

उहाँहरुलाई पनि एकदम जोखिम हुन्छ, किनभने उहाँहरुले सबै मान्छेसंग अन्र्तक्रिया गर्नुपर्ने हुन्छ, जानकारी लिनुपर्ने हुन्छ, त्यसमा कुनै संक्रमित व्यक्ती परेमा जोखिम धेरै हुन सक्छ । त्यसैले उहाँले व्यक्तीगत सुरुक्षाका सामाग्री माक्स, गाउन, आँखामा लगाउने चस्मा, टाउकोमा लगाउने क्याप, गम बुट, हालमा लगाउने ग्लोभस सबै लगाएर मात्र बस्नुपर्ने हुन्छ । यसको पर्याप्त मात्रामा उपलब्धता छैन् अहिले, त्यसैले सरकारले यसको छिटो भन्दा छिटो व्यावस्था गर्नुपर्ने हुन्छ ।

कोरोना भाईरसको संक्रमण अहिलेको अवस्थामा जिल्लामा भित्रिएको त छैन, तरपनि यसमा हरेक नागरिकले आफ्नो परिवारको सुरक्षाका लागि पूर्व तयारी गर्न आवश्यक छ वा छैन ? छ भने कस्तो खालको सर्तकता आवश्क छ ?

एकदम राम्रो कुरा उठाउन भयो । यसका प्रत्येक नागरिकको भुमिका ठुलो हुन्छ । पहिलो कुरा आफ्नो व्यतिगत सुरक्षाको लागि सधैँ साबुन पानीले हात धुने, सरसफाईमा बिशेष ध्यान दिने, माक्सको प्रयोग गर्ने, भिडभाडमा नजाने, झोलिलो खानेकुरा, सागपात बढी खाने, सन्तुलित आहार खाने, जनावरको सम्पर्कबाट टाढा रहने, ज्वरो बढी आएको छ भने स्वास्थ्य संस्थामा जाने, कुनै बिदेशबाट आएको व्यक्तीको नजिकको सम्पर्कबाट टाढा रहने, सामुहिक कार्यलाई एकदमै कम गर्ने, सभा बैठक नगर्ने, अत्यावश्क काम बाहेक भम्रण नगर्ने कुरामा सर्तकता अपनाउन जरुरी छ ।

यो भाईरसको संक्रमण कुन उमेर समुहलाई बढी छ ?

यसमा अहिले सम्म देखिएको अवस्था हेर्ने हो भने, प्राय जसो गरेर बच्चा भन्दा १० बर्ष भन्दा बढीलाई बढी देखिएको छ । चिनको तथ्यांक हेर्ने हो भने ६० बर्ष भन्दा माथिका लाई अझै बढी जोखिम हुन्छ । जसलाई दम रोग, मधुमेह, मुटुको रोग भएकालाई यसको जोखिम अझै बढी हुने रहेछ । संक्रमणको जोखिम भने सबै उमेर समुहलाई उत्तिकै हुन्छ ।

कामना गरौँ संक्रमण नफैलियोस्, र फैलिन नदिन सबैले हातेमालो पनि गर्नु पर्छ, तर संक्रमण फैलिहालेमा यसको नियन्त्रणको लागि बयालपाटा अस्पतालको भुमिका के हुन्छ ?

बयालपाटा अस्पतालले अत्यावश्यक सेवाको रिनन्तरता कायम नै छ । हाम्रो आग्रह भनेको बयालपाटा असपतालमा आउने जति पनि बिरामीहरु हुनुहन्छ उहाँले अत्यावश्यक सेवाको लागि मात्र अस्पताल आउनु होला, नत्र भने संक्रमणको जोखिम हुन सक्छ । अर्को कुरा यदि संका लागेको बिरामीहरु छ भने स्वास्थ्य कार्यालय संग मिलेर नुमना परिक्षणको लागि बिरामीलाई पठाउने कि भन्ने सलाह हुदैँ छ । अस्पतालतको गेटमा नै स्कृनिगंको लागि छुटै व्यावस्था गर्ने कि भन्ने सल्लाह पनि भईरहेको छ । यस्तै अहिले देशमा माक्सको धेरै अभाव भईरहेको बेला हामीले अस्पतालमै हरियो कपडा मार्फत माक्स आफै बनाउने काम गरिरहेका छौँ भने ह्याण्ड सेनिटाईजरको पनि स्थानिय स्तरमै उत्पादन गर्ने कुरा पनि भईरहको छ । यसका साथै हामीले अहिले जिल्ला स्थित बिभिन्न निकाय, प्रदेश सरकारसंग मिलेर कोरानासंग जुध्न लागिपरेका छौँ ।

कोरोना भाईरसको त्रास देश बिदेश जताततै छ, अछाममा पनि धेरै जसो मान्छे ससंकित छन्, त्रसित नै भईहाल्नु पर्ने अवस्था आएको हो र ?

सर्तक हुनुपर्छ भन्छु म चाँही, यसले कसरी एक अर्कोमा सर्ने रैछ यसको बारेमा जान्न, आफु कसरी बच्ने, हात धुनुको कति फाईदा छ भन्ने कुरा ख्याल गर्न जरुरी छ । संक्रमण फैलिएको देशमा यसको पत्ता कति छिटो लागेको यसको बारेमा बिशेष ध्यान दिएमा आत्तिहाल्नुपर्ने धेरै त्रसित नै भईहाल्नुपर्ने अवस्था हुदैँन । यदि ज्वरो आएको छ, सुख्खा खोकी छ, श्वास फेर्न अप्ठेरो भएको छ, कोही व्यक्ती बिदेश बाट आएको छ भने उ संग नजिकको सम्पर्क भए वा आफै पनि बिदेशबाट आउनु भएको छ भने एकपटक स्वास्थ्य संस्था वा अस्पतामा गएर परार्मश लिन आवश्यक हुन्छ । धन्यवाद

अन्र्तवार्ताको पुरा भाग रेडियो साँफेबगरको १०१ मेगाहर्जको कार्यक्रम चर्चा परिचर्चामा शुक्रबार बिहान ८ः१५ बजे देखि सुन्न सक्नुहुनेछ ।

डा. बिकाश गौचन, स्वास्थ्य सेवा निर्देशक, न्याय हेल्थ नेपाल (बयालपाटा अस्पताल)