मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचेतक रावलमाथि थप अनुसन्धान गर्न प्रहरीलाई आदेश

नेकपा सचेतक रावलमाथि थप अनुसन्धान गर्न प्रहरीलाई आदेश


धनगढी – सत्तारुढ दल नेकपाका सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कल रावलमाथि थप अनुसन्धान गर्न सरकारी वलिक कार्यालयले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएकोमा वकिल कार्यालयले भने थप अनुसन्धान गर्न आदेश दिएको हो ।

सरकारी वलिक कार्यालयका अनुसार देख्ने साँचीको बयान थपेर अनुसन्धान प्रतिवेदन फेरी बुझाउन आदेश दिईएको हो ।

प्रहरीले १६ दिन हिरासतमा राखेर बिहिवार उनीमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। पहिलो पटक बुझाईएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको छ ।

मुद्धा नचलाउने निर्णय गर्न सक्ने अधिकारपनि सरकारी वकिलको कार्यालयलाई छ । रावलले गत माघ २१ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की एक विवाहित महिलाको कोठामा गएर जबरजस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेको थियो ।

फागुन १४ गते जाहेरी दिईएकोमा रावल २१ गते प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।