जब प्रेमले पोल्छ हर बखत छातिमा !
अनि चल्न बन्द हुन्छ रगत छातिमा !!
नत्र अफ्ठ्यारो कहाँ थियो र बिर्सिन !
गरेकी छौ तिमिले दस्तखत छातिमा !!
हुरी बनेर आई दिन्छन तिम्रा यादहरु !
अझैसम्म छन ओठका खत छातिमा !!
आखाँले बगाउन छाडेपछि आशुहरु !
हुदाँरहेछन आशुहरु बचत छातिमा !!
जीवन सरोवर
प्रतिक्रिया