मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका ६ का अध्यक्ष भण्डारीले भने घरबाहिर नआउनुस्

मंगलसेन नगरपालिका ६ का अध्यक्ष भण्डारीले भने घरबाहिर नआउनुस्


अछाम- अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी बुधबार बिहानै  गाउँ छिरेर गाउँका नागरिकलाई कोरोना भाइरस (कोभिट–१९) को संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै हिडेका  छन्।

वडा अध्यक्ष भण्डारी हातमा माईक लिदै गाउँको डाडा तथा अग्लो ठाउँबाट माईकिङ गरिरहेका छन्। भन्छन्, ‘तपाईहरु घरबाट बाहिर कोही पनि नआईदिनुस, कोरोना भाइरसबाट आफु जोखिनुहोस, अरुलाई पनि जोगाउनुहोस।’ बुधबार नागरिकलाई उनले घरबाहिर नआउन आग्रह गरेको बताए।

‘विश्वभरी नोभेल कोरोना भाइरसका कारण त्रास फैलिएको छ। नेपालमा पनि लक डाउन गरिएको छ। यस्तो अवस्थामा तपाईहरु घर बाहिर नआउनु होला । अति आवश्यक कामका लागि बाहिर आउनु भएमा सावुन पानीले हात धोएर मात्र भित्र जानु होला’ उनी भन्छन्। पाहुनालाई पनि घरमा प्रवेश गर्न नदिन उनले नागरिकहरुलाई आग्रह गरिरहेका छन्।

भारतबाट आएकाहरुलाई पनि १४ दिन सम्म परिवारका अन्य सदस्यको सम्पर्कमा नआउन र छुट्टै कोठामा बस्न उनले आग्रह गर्दैछन्। आफ्नो वडाको विभिन्न टोल हरुमा पुगि माइकिङ गरेर  सन्देश फैलाउन जाने तयारीमा रहेको बताए।