मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक डाउनमा के गर्दैछन् अछामका युवा नेताहरु

लक डाउनमा के गर्दैछन् अछामका युवा नेताहरु


अरु बेला बैठक, छलफल र भेटघाटमा व्यस्त रहने व्यक्तिहरु लक डाउनपछि सेल्फ क्वारेन्टाइनमा बसेर के गरिरहेका होलान ? यो प्रश्न तपाइलाई पनि लागिरहेको होला ।

अछाम जिल्लामा रहेर राजनिति गर्नेहरु मध्ये कोरोनाको त्रासपछि घरमै बसेर पनि सर्वसाधारणलाई सुचना दिने र निति निर्माण तहका व्यक्तिलाई सचेत पार्ने युवा नेताहरु को हुन्, त्यो हेरौं ।   

कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम रोक्न सरकारले गरेको लक डाउनपछि घरमै सेल्फ क्वारेन्टाइनमा बसेका युवा नेता चन्द्रप्रसाद ढुंगाना (कांग्रेस उपसभापति, अछाम) ले तुलसी, मेथी, टिमुर, हदेलो, सिस्नु र गु्रजोको प्रयोगले रुघाखोकी, दम र निमोनियाबाट बच्न सकिने उल्लेख गर्दै फेसबुकमा स्टाटस पोष्ट गर्नुभयो ।

त्यो पोष्टसँगै उहाँले कागति, अदुवा, जिरा, मरिच र दालचिनी पनि स्वास्थ्यकालागि महत्वपूर्ण रहेको कुरा उल्लेख गर्नु भएको छ । त्यसको दुई घण्टाअघि फेसबुकमै अर्को एउटा भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले गु्रजोको रस बनाउने विधि सिकाउनु भएको छ । ‘ग्रुजो टुक्राटुक्रा काटेर बेसरी पकाउनुहोस्,’भिडियोमा उहाँ भन्नुहुन्छ,‘त्यसपछि काँचो बेसार मिसाएर आवश्यकता अनुसार पिउन सकिन्छ । 

यसोगर्दा कोरोनाको बाउले समेत छुन सक्दैन ।’ त्यसअघि १२ चैतमा पोष्ट गरिएको अर्को स्टाटसमा उहाँले आफु अछाम उद्योग वाणिज्यसंघको पूर्व अध्यक्ष समेत रहेको जनाउदै व्यापारीहरुलाई यो आपतकोबेला संवेदनसिलरही अत्यावश्यक सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन आग्रह गर्नुभएको छ । यसरी चैत ३ गते देखि निरन्तर उहाँले घरमै बसेर कोरोना विरुद्ध लड्न सकिने रचनात्मक उपाय सिकाइरहनु भएको छ ।

समाज सुधार अभियानमा पार्टी र अन्य दुबै हिसावले जिल्लामा डुलिरहेने उहाँले कोरोनाको त्रासपछि सरकारले लक डाउन गरेपछि घरमै बसेर समाजकालागि चिन्ता लिइरहेको देखिन्छ । नेता ढुंगाना जस्तै मंगलसेनमा प्राय देखिने अर्का युवा नेता नमराज न्यौपाने (कार्यालय सचिव, नेपाल कम्युनिष्ट पार्टी नेकपा) ले पनि दर्जनौ पटक फेसबुक स्टाटस मार्फत कोरोना विरुद्ध लाग्न र यसबाट बच्न अपिल गर्नुभएको छ ।

सबैभन्दा पहिले चैत ४ गते मंगलसेनको ललित आर्टका सञ्चालक जितेन्द्र रैगाईले आफैले सिलाएर लगाएको मास्कको फोटो पोष्ट गरेपछि न्यौपानेले निरन्तर कोरोनाबाट बच्ने उपाय र यस विरुद्धका स्टाटस मात्रै पोष्ट गर्नुभएको छ । कालोबजारी नगर्ने देखि कोरोनासँग लड्ने क्षमता बढाउने उपायसहित सरकारले लक डाउनका लागि गरेको निर्णयको स्वागत गर्दै उहाँले लेखेका स्टाटसमा ज्वरो आएमा, सुख्खा खोकी लागेमा वा स्वासप्रस्वासमा समस्या देखिएमा तुरुन्त डाक्टरको सम्पर्कमा जान आग्रह गरिएको छ ।

पाहुना र आफन्तहरुलाई  यो अवधिमा आफ्नो घरमा नआउन र आफुपनि अरुको घरमा नजाने उल्लेख गर्दै उहाँले कोरोना संक्रमणको डर कम नभएसम्म सबैलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ । ढुंगाना र न्यौपाने जस्तै सधैं चर्चामा रहीरहने कांग्रेस युवा नेता तथा पूर्व पत्रकार वेदप्रकाश तिमिल्सैनालाई पनि हामीले पर्दा पछाडी बाट नियाल्ने प्रयास गरेका छौ । उहाँले शुक्रवार फेसबुक वालमा सेयर गरेको पोष्टमा स्वादपनि ओखतीपनि हुने टिमुर खादा कोरोना भाइसर लागेकालाई समेत फाइदा हुने उल्लेख गरिएको छ ।

विभिन्न धार्मिक सामग्री सेयर गरिएको उहाँको फेसबुक वाल पर्दा पछाडीबाट नियाल्दा कोरोनाको त्रासले मन कमजोर बनाएका धेरै मानिसहरुलाई उर्जा दिनका लागि उत्प्रेरणा जगाउन त्यसो गरिएको जस्तो देखिन्छ । जसले मानिसको मन बलियो बनाएर आत्मबल नघटोस् भन्ने उद्देश्यका साथ त्यस्ता पोष्टहरु सेयर गरिएको हुनुपर्छ भन्ने लागेको छ । शुक्रवार उपडेट गराइएको तिमिल्सैनाको एउटा स्टाटसमा पञ्चदेवल बिनायक नगरपालिकाले सर्वसाधारणका लागि मास्क वितरण गरेर उचित मात्र होइन उत्तम काम गरेको भन्दै प्रशंसा गरिएको छ । 

उहाँले स्थानीय स्तरमै मास्क बनाउने निर्णय स्वागत योग्य रहेको भन्दै मास्क बनाउदा मापद्दण्डहरु ख्याल गर्न अनुरोध गर्नुभएको छ । स्थानीय स्तरमा उपलब्ध सामग्रीको प्रयोग गरेर मास्क बनाउदा गुणस्तरमा समस्या आउन सक्ने भन्दै उहाँले आफ्नो स्टाटसमा सामग्रीहरु विज्ञ संगको सल्लाहमा स्थानीय व्यवसायी मार्फत ल्याउदा राम्रो हुने सुझाब दिनु भएको छ । विश्व स्वास्थ्य संगठनले भनेअनुसार नाकमुख छोपेर मात्र त्यो मास्क हुन नसक्ने भएकाले मापद्दण्ड अनुसारका गुणस्तरीय मास्क उत्पादनमा जोड दिनु भएको छ । 

लामो समय पत्रकारिता समेत गरेका तिमिल्सैनाले एक अर्को सुझाब दिदै स्थानीय स्तरमा माइकिङ गर्न जानुले थप जोखिम निम्तीने खतरा औल्याउनु भएको छ । ‘माइक लिएर गाउँघरमा डुल्नु उचिन हुँदैन्,’उहाँ आफ्नो स्टाटसमा लेख्नुहुन्छ,‘प्रचारप्रसारकालागि वडा नम्बर १ देखि ७ सम्मकालागि बिनायकबाट प्रशारण हुने एफएम रेडियो, ८ र ९ नम्बरका लागि कालिकोटको सदरमुकाम मान्मबाट प्रशारण हुने एफएम रेडियोको प्रयोग गर्दा उचित होला भन्ने लाग्छ ।’ 

उहाँको यो स्टाटसले स्थानीय सरकारलाई राम्रो सल्लाह दिएको छ । जसले लक डाउनकाबेला घरमै सुरक्षित बसेकाबेला पनि निति निर्माण तहका व्यक्तिलाई बाटो बिराउन नदिन सचेत पार्नुपर्ने आवश्यकता महसुस गराउछ । अर्का युवा नेता चन्द्र बोहरा (सदस्य, नेपाल कम्युनिष्ट पार्टी नेकपा) ले भरतमा अलपत्र परेकाहरुलाई स्थानीय सरकारको संरक्षणमा राख्नेगरी व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । उहाँले स्थानीय सरकारहरु डोजरले खनेको माटो तौलने मात्र नभएर यस्तोबेला नागरिकको सुरक्षामा खटिनुपर्ने कुरामा जोड दिनु भएको छ । 

त्यहीँ भएर उहाँहरुको उद्धार गरेर स्थानीय सरकारको निगरानीमा क्वारेन्टाइनमा राखिनुपर्नेमा जोड दिनु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका बेलाको लक डाउनमा जिल्लामा चर्चामा रहीरहने व्यक्ति र अन्य हाइप्रोफाइलका व्यक्तिहरु के गरिरहेका होलान भन्ने जिज्ञासा मेटाउन हामीले प्राय धेरैका फेसबुक प्रोफाइल पल्टाएपछि जे भेटियो त्यहीँ कुरालाई विषयको प्राथमिक्ताका आधारमा यहाँ उल्लेख गरेका हौं । यसमा कुनैपनि व्यक्तिलाई सम्पर्क नगरेरै पर्दा पछाडीबाट उहाँहरुका फेसबुक वालमा भेटिएका सामग्रीको आधारमा विषयलाई प्राथमिता दिइएको छ । 

तर यो चरणमा हामीले राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, प्रदेशसभा सदस्यहरु, कांग्रेस पार्टी सभापति भरतकुमार स्वार, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र अन्य व्यक्तिहरुका प्रोफाइल पनि नियालेका थियौं ।

उहाँहरु मध्य राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले भारतले लक डाउन गरेपछि त्यहाँ अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ भने कांग्रेस सभापति भरत कुमार स्वारले कोरोनाबाट बच्न दुईवटा स्टाटस मार्फत सचेत गराउनु भएको छ । 

घर बाहिर निस्कन मुस्किल भइरहेकाबेला उहाँहरुले भरपर्दो माध्यमका रुपमा रहेको फेसबुक मार्फत दिएका शन्देसको आधारमा हामीले यहाँ विषयबस्तु उठान गर्न खोजेका थियौं । त्यहीँ अनुसार व्यक्ति भन्दापनि भेटिएका स्टाटसको मर्म बुझेर यहाँ उल्लेख गर्ने कोसिस गरिएको छ   । यो बेला बिना काम घर बाहिर जान आवश्यक छैन् । तर विभिन्न हिसावले चर्चामा रहीरहने वा सामाजिक अभियानमा अगाडी देखिने व्यक्तिले वेखबर भएर बस्नुले झन ठुलो घाटा हुनसक्छ । त्यसैले तपाई सुरक्षित रुपमा घरमै बसेर अरुलाई पनि सुरक्षित बनाउने अभियानमा कुनै न कुनै माध्यमबाट सम्पर्कमा रहीरहन अनुरोध छ । societysanchar बाट