कोरोना भाईरसले अहिले बिश्व नै आतंकित भैरहेको छ । चीनको बुहानबाट शुरुभएको यो संक्रमण एक दमै तिब्र गतिमा बिश्व भर फैलिरहेको छ । यस्को रोकथामको लागि अहिले सम्म कुनै प्रकारको औषधी पत्ता लाग्न सकेको छैन ।
नेपालमा हाल सम्म ३ जना व्यक्ती कोरोनाको संक्रमणमा आएका छन र तिनीहरुको काठमाण्डौ स्थित टेकु अस्पतालमा उपचार भई रहको छ । बिश्व भर कोरोना भयावह हुदैछ । दैनिक २७०० जति मान्छेहरु मृत्यको मुखमा जादैछन । दैनिक ६० हजार भन्दा बढी नयाँ संक्रमितको संख्या रहेको छ । अमेरिका जस्तो महाशक्ती राष्ट अहिले सबै भन्दा बढी संक्रमित भएको देशमा रहेको छ । आज मात्रै धनगढीमा थप १ जना कोरोना संक्रमित भएको पुष्ठि भएको छ । जसको सेतीप्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ ।
सुदरपश्चिम प्रदेशमा यति खेर भारतको बिभिन्न स्थानमा रहेर काम गर्ने व्यक्तीहरु धमाधम घर फर्की रहेका छन । सुदूर पश्चिममा यो भारतबाट फर्रकने सिजन नै हो । यो बेला चैत्र दशै र बिशु पर्व मनाउनका लागि भारतबाट आ आफ्नो घर फर्कने चलन रहेका र यसै क्रममा भारतमा कोरोनाको संक्रमण फैलिए पछि र यताबाट आफन्तहरुले जसरी पनि आउनु भनेर खबर पठाए पछि भारतका बिभिन्न शहरमा काम गरेर फर्कनेहरुको संख्यामा बृद्धि भएको हो ।
देश पुरै लकडाउनको अबस्थामा रहे पनि अझै कतिपय व्यक्तीहरु लुकीछिपि आई रहेको कुरा आज मात्रै अछामका एकजना प्रमुख प्रशासकीय अधिकृतले बताउनु भएको छ । हामीले जति सुकै राम्रो व्यबस्थापन गरे पनि भारतबाट आएका व्यक्तीहरु क्वारेनटाइनमा बस्न सहज मानिरहेका छैनन । तिनिहरु बिभिन्न बाहना गरेर आफ्नो घर जान खोजी रहेका छन उनले गुनासो पोखे । एउटै वडामा १५० जना भन्दा बढी व्यक्तीहरु भारतका बिभिन्न ठाँउबाट आएका छन । यस्तो अबस्थामा कसरी व्यबस्थापन गर्ने निकै कठिन भएको छ । भौगोलिक अवस्था, चालचलन, चेतनाको कमीका साथै स्रोतसाधनको कमीले कोरोना रोकथाम निकै चुनौती बनिरहेको छ ।
तयारी, व्यवस्थापन र रोकथाममा चुनौति
भारतको बिभिन्न स्थानबाट सुदूर पश्चिम फर्केका व्यक्तीहरुको उचित चेकजाँच बिनै तिनीहरु रातारात सुदूपश्चिका पहाडी जिल्लामा पुगेका छन । जिल्लाका स्थानीय तहहरुले उनीहरुको लागि क्वारेनटाईन व्यबस्थापन गरेर राख्ने भनिएको छ र राखि पनि रहेका छन।
यद्यपी कतिपय व्यक्तीहरु स्थानीय तहहरुले क्वारेनटाईन स्थापना गर्नुभन्दा अघि नै आ आफ्नो गाँउ घर पुगि सकेका छन । क्वारेनटाईनमा बसेका व्यक्तीहरु पनि पुरै समय बस्न आनाकानी गरीरहेका छन । केही सन्चार माध्यममा देखिएका र भनिएका क्वारेनटाईनहरु न्यूनतम मापदण्ड पुरा गरेर बनाइएको पनि छैनन । त्यहाँ महिला, बालबालिका र जेष्ठ नागरिकाहरुलाई अझ कठिन भएको छ ।
सुदुरपश्चिममा कुनै व्यक्ती बाहिरबाट आएपछि आफन्तहरुसंग भेटघाट गर्ने, साथी भाईहरुसंग मोजमस्ती गर्ने, तास खेल्ने, आफन्त र साथीभाईहरुलाई चिया नास्ता गराउने र आफूले ल्याएको नयाँ सामाग्रीको चर्चा गर्ने चलन रहेको छ । यस्का साथै देश पुरै लकडाउनको अबस्था भएपनि जिल्लाका केही मुख्य शहर र पालिकाका केन्द्रहरुमा मात्र लकडाउन सफल भएको छ । किनकी त्यहाँ सुरक्षा निकायहरु उपस्थिति भएका कारण पनि यो सम्भव भएको तर दुर्गम गाँउ बस्तीहरुमा सचेतनाको कमी, बस्तुभाउ र खेतिपातिका लागि बाहिर निस्कनै पर्ने व्याध्यता र हेलचेक्राईका कारण लकडाउन पुर्णरुपमा सफल हुन सकेको छैन ।
यद्यपी कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले माईकीगं गरेर सचेत गराइ रहेका छन र कतिपय स्थानीय तहहरुले लकडाउन पूर्णरुपमा पालना नगर्नेलाई पालिकाले प्रदान गर्ने सबै सेवा सुबिधाहरुबाट बन्चीत गर्ने सम्मका निर्णय समेत गरेका छन ।
सुदूर पश्चिम र यहाँका पहाडी जिल्लाहरुमा यि र यस्तै कारणले कोरोनाको संक्रमण छिटो फैलिन सक्ने सम्भावना रहको छ । यस्तो बेला भारतबाट आएका व्यक्तीहरुलाई अनिवार्य क्वारेनटाईनमा राख्नु पर्ने र सबैले अनुशासन पूर्वक बस्नु पर्ने छ । यद्यपि क्वारेनटाईन व्यबस्थापन गर्ने सरोकारवालाहरुले तोकिएको मापदण्ड अनुसार क्वराइटाइनको व्यवस्था गर्न भने जरुरी छ । कतिपय स्थानीय तहहरुले कोरोनाको संक्रमण रोकथाम, पूर्वतयारी र क्वोरेनटाईनको व्यबस्थापन गर्नुको सट्टा आफना नागरिकहरु संक्रमित भएमा उनीहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सस्तो प्रचारबाजी र मुर्खतापूर्ण काम गरी रहेका छन ।
“ सुदूर पश्चिम प्रदेशमा कोरोनाको संक्रमण छिटो फैलिन सक्ने सम्भावना छ । भारतबाट आएका सबैलाई अनिवार्य क्वारेनटाईनमा अनुशासनपूर्वक बस्नु सबै भन्दा उत्तम बिकल्प हो । यद्यपि तोकिएको मापदण्ड अनुसार क्वराइटाइनको व्यवस्था गर्न भने जरुरी छ । ”
यस्तो बेला कोरोनाको सम्भावित संक्रमण रोक्नको लागि सत प्रतिशत पहल गर्न जरुरी छ । सकिन्छ भने वडा र बस्ती तहमा क्वारेनटाईनको व्यबस्थापन गरी काम गर्न जरुरी छ । सुदूरपश्चिम र यहाँका पहाडी जिल्लाहरुको स्वास्थ्यको अबस्था, संरचना र स्वास्थ्य सम्बन्धी जनशक्ति र स्रोत साधनको बर्तमान अबस्था हेर्ने हो भने भगवान भरोसा बाच्नु पर्ने अबस्था रहेको छ । यस्तो बेला कथम कथाचित कोरोना फैलियो भने “कामना गरौ यस्तो नहोस” सबै जना सोत्तर हुने निश्चित छ गाँउमा लास उठाउने मान्छे हुने छैनन । उनीहरुको उपचार गर्न निकै कठिन हुनेछ । अहिले सम्म कोरोनाको चेकजाँच गर्ने व्यबस्था प्रदेश तहमा नभएको अबस्थामा गाउ बस्तीमा फैलिएको खण्डमा उपचार र स्वास्थ्य सेवा नपाई अकाल मृत्युको हुनेको संख्या गुणात्मकरुपमा बृद्धि हुनेछ । त्यो बेला हाम्रा स्थानीय सरकारले रात दिन एक हुने गरी प्रयत्न गरे पनि कम हुनेछ । त्यसैले अहिले नै योजना बद्धरुपमा सम्भाव्य जोखिमको आकलन गरि संक्रमण हुनबाट बच्न र बचाउनका लागि भारत र बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेनटाईनमा राखि निगरानी बढाउन जरुरी छ ।
राजधानी बाहिर पहिलो कोरोना संक्रमित
संघीय राजधानी भन्दा बाहिर सुदूरपश्चिममा पहिलो कोरोना संक्रमित पाईएको छ । प्रयोगशाला छैन । पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट (पीपीई) छैन । भएका सामाग्री गुणस्तरीय छैनन । प्रदेश सरकार यि सबै काम अर्को बर्षको बजेटमा व्यवस्था गर्ने भनि रहेको छ ।
एम्बुलेन्स चालकले एम्बुलेन्स चलाउन नमान्दा संक्रमितका परिवार घरमै छटपटाईरहेका छन् । अर्को तिर सुदूरपश्चिम बासीहरुले कोरोना रोकथाम गर्ने दैबी तिलकको लागि दैलो अगाढी खाल्डो खन्ने अन्धबिश्वासी हर्कत गरी रहेका छन ।
भारतबाट आएकाहरु क्वोरेनटाइनमा नबस्न आन्दोलन गरी रहेका छन । स्थानीय तहहरु कोरोना फैलिएमा निशुल्क हेलिक्पटरमा बोकेर भए पनि उचार गर्ने भनेर बसेका छन । यस्तो भयाभह अबस्थामा सरकारले देशका अरु क्षेत्र जस्तै सोचेर बसेमा सुदूरपश्चिमको अवस्था भयावह हुने निश्चित छ । त्यसैले सरकारले तत्काल सुदूरपश्चिम क्षेत्रलाई बिशेष संकटग्रस्त क्षेत्र घोषणा गरी कोरोना संक्रमण फैलिन नदिन बिशेष पहलकदमी अगाढी बढाउन जरुरी छ । यस्का लागि प्रदेश सरकार र यस प्रदेशबाट प्रतिनिधित्व गर्ने जननिर्वा्चित प्रतिनिधिहरुले बिशेष पहल समय मै गर्न जरुरी छ । त्यस्का लागि सबैले खवरदारी गरौ ।
संक्रमण फैलिन नदिन के गर्ने
भारतबाट आएका सबै नागरिकहरुले अनुशासन पूर्वक क्वारेनटाईन, तोकिएको स्थानमा वा घरमा कम्तीमा १४ दिन सम्म छुट्टै बस्ने । यसरी छुट्टै बस्दा महिला बालबालिका र जेष्ठ नागरिकहरुको बिशेष ख्याल गर्ने ।
समुदाय, गाउघरमा सबै जना एकै ठाउमा जम्मा भएर गफ गर्ने, चिया पिउने र मोजमस्ती गर्ने काम नगर्ने र गर्न नदिने ।
समुदाय स्तरमा समेत तयारी समिती बनाई योजनाबद्ध काम गर्ने, सचेतना र निगरानी बढाउने ।
रेडियो र सन्चार माध्यमबाट निरन्तर प्रचार प्रसार, खवरदारी, सचेतना र सुचना प्रबाह गर्ने ।
मापदण्ड अनुसार क्वारेनटाईन र आइसोलेसन कक्षको व्यस्थापन र सन्चालन गर्ने ।
जिल्ला प्रकोप व्यबस्थापन समितिले गरेका सबै निर्णयहरु पालना तथा कार्यान्वयन गर्ने ।
बिभिन्न अफबाह र गलत सुचना प्रति सचेत हुने ।
अत्याबश्यक सामाग्रीहरुको आपूति र व्यबस्थापनमा बिशेष ध्यान दिने ।
पोषण युक्त खानपान र असल बानी ब्यहोराबारे प्रचार प्रसार गर्ने ।
“अहिले बाँचे र बचाउन सके पछि धेरै बिकासका काम गर्न र गराउन सकिन्छ भन्ने सोचका साथ जनप्रतिनिधी, सरोकारवाला र आम नागरिकहरुले आ आफ्नो कर्तव्य पालना गर्ने ।“
भारतबाट आएका जतिलाई क्वारेनटाइनमा राखौ, कोरोना संक्रमणको जालो फैलिनबाट रोकौ। स्थिती हातबाट बाहिर गएपछिको अवस्था कल्पना गर्न नसक्ने खालको हुनेछ त्यसैले सबै जना समय मै सचेत हौ ।
प्रतिक्रिया