मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि ४० करोडको कोष

सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि ४० करोडको कोष


५ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा कोरोना परीक्षणसहितको ल्याबको ब्यवस्था गर्ने  निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।

गरिबीको रेखामुनि रहेका, मजदुरी, ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री शाहले बताए ।

सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार विशेष अस्पतालको रुपमा प्रयोग गर्नेसमेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।