मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भारतबाट डेढ लाख भित्रिए, अहिलेसम्म २७ जनाको मात्रै परीक्षण

सुदूरपश्चिममा भारतबाट डेढ लाख भित्रिए, अहिलेसम्म २७ जनाको मात्रै परीक्षण


धनगढी: भारतमा कोरोनाको भाइरसको संक्रमण बढ्दै गएपछि ठूलो संख्यामा नेपाली घर फर्केका छन्। अन्य प्रदेशभन्दा भारतसँग धेरै आवतजावत हुने सुदूरपश्चिम प्रदेशमा करिब डेढ लाख मान्छे नेपाल आएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म १ लाख ४३ हजार मान्छे भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका छन्। विदेशबाट आउने सबै यात्रु अनिवार्य क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्नुपर्छ। सरकारले सकेको खण्डमा क्वारेन्टाइनमै राख्नु बेस हुन्छ। यस्तो गर्दा सरकारले व्यक्तिको चौबिसै घन्टा निगरानी राख्नसक्छ।

तर मन्त्रालयले प्रदेशभर जम्मा ६ सय ६९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ। त्यस्तै  शुक्रबारसम्म जम्मा २७ जनाको मात्र थ्रोट स्वाब परीक्षण भएको जनाइएको छ। जसमध्ये एक जनाको पोजेटिभ, १३ जनाको नगेटिभ र बाँकीको नतिजा आएको छैन। 

अहिले देशभरमा नमूना परीक्षण गर्ने सुविधा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ। सरकारले सातै प्रदेशमा यस्ता प्रयोगशाला विस्तार गर्ने भने पनि चीनबाट पिसिआर मेसिन आएपछि मात्र त्यो सुविधा रहन सक्छ।

प्रदेशभर जम्मा २१ वटा आइसियू र १० वटा भेन्टिलेटरसहितका बेड छन्। भोलि भारतबाट आएकाहरूबाट जोखिम बढ्यो भने यो पूर्वाधारले थेग्न नसकिने बताइएको छ। – dineshkhabar