काठमाडौं । नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
चैत्र ४ मा नेपाल आएकी उनी त्यसपछि गृह जिल्ला वागलुङ गएकी थिईन्। कोरोना परिक्षणका क्रममा पुष्टी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याईंदै गरेको छ।
यसअघि चार जनामा कोरोना संक्रमण देखिएको थियो। चार मध्य १ उपचार पछि घर फर्किसकेका छन्।
प्रतिक्रिया