मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट स्पेनमा २४ घण्टामा ८०० को मृत्यु, मृतकको संख्या ५ हजार ६९० पुग्यो

कोरोनाबाट स्पेनमा २४ घण्टामा ८०० को मृत्यु, मृतकको संख्या ५ हजार ६९० पुग्यो


मड्रिड । स्पेनमा नोभेल कोरोना संक्रमणबाट ५ हजार ६९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८०० कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ । 

१२ अप्रिलसम्म आपतकाल घोषणा गरिएको छ भने सम्पूर्ण पसल तथा व्यापार व्यवसाय ठप्पा पारिएको छ भने मानिसहरुको आवतजावतमा पनि प्रतिबन्ध लगाइएको छ । 

स्पेनी सेनालाई अस्पताललाई संक्रमणरहित बनाउने सरसफाइका काम र अन्य सेवाका काममा खटाइएको छ । कोरोनाबाट इटालीपछि सबभन्दा बढी प्रभावित मुलुक स्पेन बनेको छ । 

अन्य मुलुकमाजस्तै स्पेनमा स्वास्थ्यकर्मीहरुले पर्याप्त उपकरण अभाव भएको गुनासो गरिरहेका छन् । -बीबीसी