काठमाण्डौँ । पूर्व प्रधानमन्त्री बाबुराम भटट्राईले दिनहुँ ज्यालामजदूरी गर्ने मान्छेलाई लकडाउनको वेला सरकारले राहत दिनु पर्ने बताएका छन् ।
उहाँले भन्नुभयो जसको ज्यालामजदुरी नगरी साँझविहान हातमुख जोर्न धौ धौ हुन्छ उनिहरुलाई सरकारले राहत दिनुपर्यो भनेर चिच्याउदाँ पनि यो सरकार तयार नभएको उल्लेख गरेका छन् ।
भट्टराईले ट्वीट गर्दै लेखेका छन् उत्तम मान्छेले आफैले जानेर गर्छ रे ! मध्यमले अरूले भनेको मानेर गर्छ रे ! अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे ! यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? भनेर खबरदार भनेर लेखेका छन् ।
उत्तम मान्छेले आफैले जानेर गर्छ रे!मध्यमले अरूले भनेको मानेर गर्छ रे!अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे!दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको वेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?खबरदार!
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 28, 2020
प्रतिक्रिया