मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भारत तथा जिल्ला बाहीरबाट २ हजार १ सय २२ जना भित्रिए ।।

अछाममा भारत तथा जिल्ला बाहीरबाट २ हजार १ सय २२ जना भित्रिए ।।


कमल रावल

अछाम जिल्लाका चार स्थानिय तहले आफ्नो स्थानिय तहमा जिल्ला बाहीर तथा भारतबाट आएका नागरिकको तंथ्याक संकलन गरेका छन ।

जिल्लाको मंगलसेन नगरपालिका, बान्निगढी जयगढ गाउपालिका, मेल्लेख गाउपालिका र रामारोशन गाउपालिकाले गरेको तंथ्याकमा २ हजार १ सय २२ जना भित्रिएका छन ।

चैत १५ गते जिल्ला कमाण्ड समितीको बैठकले सबैलाई तंथ्याक संकलन गर्न निर्देशन दिएपछि अछाम बाहीरका जिल्ला, भारत तथा तेस्रो मुलकबाट आएका नागरिकको तंथ्याक संकलन गरिएको हो ।

जसमा मंगलसेन नगरपालिकामा १४ वटै वडाको तंथ्याकमा यस अवधिमा ८ सय ३२ जना भित्रिएका छन । जसमा सबैभन्दा धेरै वडा नम्बर १३ बस्तीमा १ सय ५६ र सबै भन्दा कम वडा नम्बर २ मिस्तुरुमा ५ जना रहेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनु भयो ।

जसमा अंधिकाश भारतबाट आएका र केही ब्यक्ति काठमाडौँबाट आएका उहाँले बताउनु भयो । उता अवधिमा जिल्लाको बान्निगढी जयगढ गाउपालिकामा ५ सय २५ जना भित्रिएका छन । जसमा भारतबाट २ सय ९९ र जिल्ला बाहीरबाट २ सय २६ जना आएका गाउपालिकाका प्रमुुख प्रशासंकिय अधिकृत शैलेशराज ढुगाँनाले जानकारी दिनु भयो ।

जिल्लाको मेल्लेख गाउपालिकामा यस अवधिमा भारतबाट मात्रै आएका नागरिकको तंथ्याक संकलन गर्दा ५ सय ७४ नागरिक आएका छन । गाउपालिका ८ वटै वडामा ४ सय ६९ पुरुष, ७७ महिला र २८ जना बालबालिका आएका गाउपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत हिक्मत बहादुर बुढाले जानकारी दिनु भयो ।

उता रामारोशन गाउपालिकामा १ हप्ताको अवधिमा १ सय ९१ नागरिक भित्रिएका तंथ्याक रहेको छ । ६ वटै वडाको तंथ्याकमा पुरुष १ सय ८१ जना र महिला २० जना रहेका गाउपालिका निमित्त प्रमुुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनु भयो । बाँकी जिल्लामा ६ वटै स्थानिय तहले तंथ्याक संकलन कार्य जारी राखेका छन ।