मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको निर्देशन कार्यान्वयनमा वडाध्यक्षको सक्रियता

सरकारको निर्देशन कार्यान्वयनमा वडाध्यक्षको सक्रियता

वडामा सक्रियता देखाउदै वडा अध्यक्ष


कमल रावल, चैत १६ अछाम / अछामका सबै वडाले आफ्नो नगर तथा गाउपालिकाको निर्देशनलाई पालना गर्दै वडामा सक्रियता देखाएका छन ।

सबै वडा अध्यक्षले आकस्मिक बैठक सहीत रेडियोको माध्यामबाट आग्रह गर्ने, वडामा माईकिंग, भारत तथा देशका शहरबाट आएका ब्यक्तिलाई १४ दिनसम्म घरमै बस्न आग्रह गरिरहेका छन ।

यसैबिच नोभल कोरोनाभाईरस अर्थात कोभिड् १९ को संक्रमणलाई मध्येनजर गर्दै सरकारको निर्णयलाई कार्यान्वयनका साथ लिदै रामारोशन गाउपालिका वडा नम्बर ५ ले वडा बासिलाई पुर्ण रुपमा पालना गरिदिन आग्रह गरेको छ ।

आकस्मिक बैठक बसेर वडाको तैणीगैरा, नेटाकोटा र तल्लोपातमा हुने चैते दशै मेला अर्को सुचना नभएसम्म पुर्ण रुपमा नगर्ने लगाएतका निर्णय गरिएका र सबैलाई पुर्ण रुपमा पालना गरिदिन वडा अध्यक्ष लक्ष्मण परियारको आग्रह रहेको छ ।

यता मंगलसेन नगरपालिका वडा नम्बर ११ ले यसपालिको जुपुमा हुने चैते दशै पर्व नगर्ने निर्णय गर्दै वडा अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा वडा स्तरिय दैबि प्रकोप उद्धार समिती गठन गरिएको छ ।

कोरोनाभाईरसबाट बच्नका लागि नियमित साबुन पानिले हात धुन आग्रह गर्दै वडामा माईकिगँ समेत गरिएको वडा सचिव दिल बहादुर बोहराले जानकारी दिनु भयो ।

उता तुर्माखाद गाउपालिका वडा नम्बर ५ नाडाले निशेधाज्ञा कार्यलाई पालना गरि सुरक्षित तरिकाले घरभित्रै बस्न वडा बासिलाई आग्रह गरेको छ ।

यो सँकट यतिबेला विश्वलाई आईपरेकाले कार्यान्वयन सहित नियमित साबुन पानिले हात धोएर सबैलाई सुरक्षित घरमा बस्न आग्रह गर्र्दै चाडपर्व भन्दा ठुलो आफनो स्वास्थ्य भएकाले सबैलाई साथ दिन रेडियो मार्फत आग्रह गर्नु भएको छ ।

यसैबिच मेल्लेख गाउपालिकाका विभिन्न वडामा साबुन वितरण तथा वडामा माईकिगं अभियान जारी रहेको छ । वडा नम्बर ५ मा सुरक्षित घरमा बस्न आग्रह गर्दै नियमित साबुन पानलिे हात धुन आग्रह सहीत ६ सय ३० घर परिवारलाई साबुन वितरण गरिएको वडा अध्यक्ष रमेश खड्काले जानकारी दिनु भयो ।

वडा नम्बर २ मा वडा अध्यक्ष दान बहादुर बुढाको नेतृत्वमा गएको टोलिले जिल्ला बाहीर तथा भारतबाट आएका ब्यक्तिलाई १४ दिनसम्म सुरक्षित बस्न आग्रह गरिएको छ ।

वडा नम्बर ६ शोडषाले आफैँ मास्क सिलाएर ३ सय बढि वडामा वितरण गरेको छ भने मेल्लेख प्रहरीले सक्रियतामा माईकिंग समेत गरिएको सवाददाता लाल बहादुर चदाराले जानकारी दिनुभयो ।

यता रामारोशन गाउपािलका वडा नम्बर १ मलातिकोटले बिश्वभरी माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण वडामा आउन नदीनका लागी सबैलाई सजग सहीत सुरक्ष्ँित तरिकाले घरमै बस्न आग्रह गरेको छ ।

आकस्मिक बैठक मार्फत २ जना भन्दा बढी लाई संगै भिडभाड गर्न नदिने, आउदै गरेको चैते दसैँ नमनाउने, कोरोनाभाईरसको रोकथामका लागी वडाका प्रत्यक टोलका जनताहरुलाई सचेतना फैलाउन माईकिगँ अभियान सञ्चालन गर्ने, भारत तथा सहरी क्षेत्र बाट आएका व्यक्तिहरु लाई होम क्वारेन्टाईनमा बस्न आग्रह गर्ने र आउने दिनमा वडामा भित्रीने व्यक्तिहरुलाई पालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा राख्ने र तालीको मुख्य नाकामा कडाई गर्ने र प्रवेशमा रोक लगाउने निणर्य गरीएको वडा अध्यक्ष खडक बहादुर साउदले जानकारी दिनुभयो ।

उता मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडाले वडावासिलाइ मास्क र सावुन वितरण गरेको छ । वडा कार्यालयले ८ सय पिस मास्क र ६ सय ३३ पिस सावुन वितरण गरेको वडा अध्यक्ष नरवहादुर साउदले वताउनु भयो ।