एक पटक मायालु फकाउने माध्यम बनेको टेपरेर्केडरको चहलपहल आजभोली गाँउघरमा देखिन छोडेको छ । प्रविधि विकास सँगै आजभोली टेपरेर्केडरको महत्व छैन । गाउँघरमा कतै पनि भेटिदैनन् । कुनै बेला हुने खाने किसानले मात्र यसको प्रयोग गर्थे । कतिपय मानिसको त टेपरेर्केडर कै कारण विवाह बन्धनमा बाँधिए । तर पछिल्लो समयमा भने देशमा आएको सञ्चार र प्रविधिले गर्दा टेपरेर्केडरमा ओझेलमा परेको छ भने कसैले प्रयोग गरेको भेटिदैन ।
उसो त पैसा कमाउन कालापहाड,मुम्बै,सिम्ला अल्मोडा, मनाली, नैनीताल गएका मानिसले घर फर्किदा पनि टेप रेर्केडर नै लिएर आउँथे । कुनै समय यस्तो जमाना थियो अडियो रेर्केडरको । गाँउघरमा दुःख विसाउने सम्मको माध्यम बनेको अडियोरेर्केडर (टेपरेर्केडर) चहलपहल गाँउघरमा प्रयोग हुन छाडेको छ ।
स्थानीय मेला, रतेउली र देउडा खेलमा अडियोरेर्केडर (टेपरेर्केडर )गर्नको त घुँइचो हुन्थ्यो । कतिपय मेलामा टेप रेर्केडर गर्नको लागी युवा बिच बादविबाद नै चल्थ्यो । स्थानीय मेलामा जान नसकेका घरका मानिसलाई मेलामा गएका उनीहरुका छोरा छोरीले नासोको रुपमा गित रेर्केड गरेर ल्याईदिन्थे ।
अब त्यो जमाना गयो । तस्वीर खिच्ने, अडियो गर्न मिल्ने,समाचार सुन्न मिल्ने,बोक्नलाई पनि सजिलो र भिडियो रेर्केडर समेत भएको डिजिटल मोबाइलको विगविगी ह्वातै गाँउघरमा बढेको छ । पैसा कमाउन भारत पुगेका नेपालीको हातमा टेपको साटो मोबाइल भिरेर घर फर्किएका भेटिन्छन् । कतिपय विद्यार्थी मोबाइलको लागि पढाई छोडेर भारत जाने गरेको श्रीकृष्ण माविका शिक्षक विरबहादुर माझीले बताए । उनले भने, ‘मोबाइलका लागि भारत जान्छन् मजदुरी काम गरी मोबाईल किनेर घर फर्कन्छन, पढन थाल्छन् । मोबाइल पछिल्लो पटक विकृत बढाएको छ ।’
एकपटक मायालु समेत फकाउने माध्यम बनेको टेपरेकर्डर अवस्था खस्किएको देखेर चिन्तित वनेका छन । ठाटीकाँध गाउँपालिकाका १ सिराडीका शेरबहादुर शाही । विवाह गर्नका लागी केटी खोज्न सजिलो माध्यम भएको टेपरेर्केडरले आफुलाई समेत विवाह गर्नमा सहयोग पु¥याएको हो,शाहीले खुलासा गरे । ‘टेपकै कारणले मेरो दाई र मेरो विहे भयो । ‘हातमा टेपरेर्केडर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो, उनले खुलासा गरे । त्यतिबेला हुने खाने मात्र गा्रमिण भेकमा टेपरेर्केडर बोक्ने गरेका सोही गाउँपालिका रमेशबहादुर शाहीले बताए । मैले गाउँमा डोटीबाट पहिलो पटक टेप ल्याउँदा गाउँभरिका मान्छे सुन्नको लागि रातभरि जाग्राम बस्थे । कतिपयले सुन्नकै लागि टेपमा व्याट्रीको पैसा दिन्थे । आजभोली टेप पनि छैन त्यो भन्दा विकसित जमाना भईसक्यो,उनले थपे ।
कृषकको लागी मनोरञ्जन र दुख विसाउने साधन बनेको टेपरेकेर्डरको लोप हुँदा गाउँमा मोवाइलको प्रयोगकर्ता वढदै गएका छन् । हुने खाने परिवार होस वा जो सुकै घरमा पनि एउटा मोबाइल अनिवार्य जस्तै भएको छ । पैसा कमाउन भारत जाने अधिकाँश बुढापाका होस वा युवा सबैले नासो रुपमा आफ्ना छोराछोरीलाई मोबाइल नै नासो पठाउने गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका –३ नरबहादुर विकले बताए । मोबाइल नपठाए पढाई छाडेर मोबाइलको लागि म तेतै आउँछु भन्छन् । पढाई छुट्ने डरेले मोबाइल पठाउनै प¥यो,उनले भने ।
अभिभावकले छोराको पढाई सप्रिने सपनाले आफ्ना छोराछोरीलाई मोबाइल पठाउने गरेकाले झनै पढाई विग्रिएको चामुण्डा माविका प्रधानाध्यापक जयप्रसाद तिमेल्सेनाले बताए । अधिकाँश विद्यार्थीले विद्यालयमा ठुलो ठुलो स्वर गीत बजाउने पढाई भन्दा मोबाइलमा बढी ध्यान दिन थालेपछि विद्यार्थीको पढाई भन्दा मोबाईलमा रुची बढेको छ । जसले गर्दा पढाई ती विद्यार्थी कमजोर छन् । केही बर्ष अगाडी दैलेखका केही विद्यालयमा मोबाईल प्रतिबन्ध लगाएपनि पुनः प्रयोग भईरहेको स्थानीय बुद्धिजिवी बताउँछन् । पहिला टेप रेर्केडर मनोरोञ्जन बनेको ग्रामिण इलाकामा आजभोली मोबाइल नै मनोरोञ्जन साधन बनेको छ । खेतमा काम गर्न गएका हुन वा वनमा गाई गोठाला वा घाँस दाउरा काट्न गएका हुन सबैले हातमा बोकेका भेटिन्छन् ।
विद्युत अभाव भएको ठाउँमा सौर्य उर्जा र होमडिसको सहायताले घरमै बसी टेलिभिजन हेर्ने गरेका छन् । पहिले हुने खानेको लागि मनोरोञ्जनको टेपरर्केडर विकल्पमा टेलिभिजन भित्रिएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा विद्युत नपुगे भएपनि सौर्य उर्जाको सहायताबाट प्रत्येक गाउँ गाउँमा टेलिभिजन राखिएको छ । शुरुमा टेलिभिजन ल्याउँदा घरका गाउँका मानिस पैसा तिरेर समेत हेर्न गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका योगन्द्रनाथ योगीले बताए । शुरु शुरुमा खाना खाने वित्तिकै हेर्ने घुइचो हुन्थ्यो । आजभोली त्यस्तो भिड लाग्दैन । कोही कोही मान्छे समाचार सुन र हेर्न आउँछन् । टेप रेर्केडरको जस्तै आजभोली हुने खाने व्याक्तिका घरमा मात्र टेलिभिजन छ । सञ्चार क्षेत्रमा आधुनिक विकास सँगै नेपालमा डिजिटलको प्रयोगले हुने खाने मानिसमा उत्साह छाएको छ । ‘गरिबलाई आकाश फल अाँखा तरी मर” जस्तै भएको ठाटीकाँधका बेल नेपालीले देखेसो पोखिन ।
मोबाइलको प्रयोगले विकृति बढाएको आठविसन नगरपालिका सिगौडीका लोकेन्द्र शाहीले बताए । आजभोली मोबाइलले गर्दा गाउँमा पञ्चेवाजा पनि लोप भए । केटा केटीको मोबाइलबाट कुरा चलेपछि भागेर मन्दिरमा विहे गर्छन । गाउँमा हुदैन त्यसैले परम्परागत पञ्चेवाजा लोप हुन लागेको जानकारी दिए । मोबाइल नभएको भए विहे हुदैन थियो । गाउँमा पत्रपत्रिका नपुगे पनि अधिकाँश ग्रामिण भेगका युवायुवतीले मोवाईलबाट ताजा ताजा खबर पढन पाउने गरेको सोही नगरपालिका सात्तलाका शिक्षक पदमबहादुर विष्ट बताए ।
पहिले रेडियो मात्र सञ्चारको माध्यम थियो । आधुनिक विकास सँगै मोवाइल भित्रिएपछि अनलाईनको समाचार हेरेर गाउँका मानिस सञ्चारको भोक मेटाउने गरेका छन्,उनले भने । पछिल्लो पटक गाउँघरमा मोबाइल नै मनोरञ्जनको साधन बनेको छ । मोबाईलमा गीत भिडियो र एफएम सुनेर अधिकाँश मानिसले मनोरञ्जन लिने गरेका छन् ।
मोबाइलको तुलनामा सस्तो र सुलभ मुल्यमा खरिद गर्न सकिने टेप आजभोली शहरका पसलमा समेत भेटिन छाडेका छन् । मोबाइल भित्रिएपछि टेपमा प्रयोग गरिने अडियो क्यासेट समेत बन्द भईसकेको दैलेख नारायण नगरपालिका स्थित प्रविन रेडियो पसलका प्रोपाइटर रामबहादुर श्रेष्ठले बताए ।
कभरमा भएको फोटो तेह्र बर्ष अघि अछामको क्वालेखमा टेपमा ठाणिभाका रेकर्ड गर्दै गरेका दुई युवाको हो । टेप समात्ने कौसल दमाइ हुन अर्का लोकगायक डबल बिष्ट हुन । डबल कैलाली चुहा बस्छन भने कौसल गाउमा नै छ्न । टेपको जमानाको अन्तिममा तिर खिचेको फोटोले त्यस बखतको प्रतिनिधित्व गर्छ ।
भक्तबहादुर शाही राजधानी दैनिकका दैलेख जिल्ला संवाददाता हुन् भने कभर फोटो सौजन्य : वेदप्रकाश तिमिल्सैना
प्रतिक्रिया