अछाम । न्याय हेल्थ नेपालले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रम मेल्लेखको लागि लिईएको घरको भाडा यसपटक नलिने घर मालिक प्रकाश अधिकारीले घोषणा गरेका छन् ।
न्याय हेल्थ नेपाललले साुमदायिक स्वास्थ्य कार्यक्रमका लागि मेललेखमा ३ कोठा भाडामा लिएको थियो ।
चैत्र महिनाको हुन आउने मासिक २७ सय ५० का दरले ८ हजार २ सय ५० रुपयाँ छुट दिने घोषणा गरेको अधिकारीले बताउनु भयो ।
कोरोना भाईरसको नियन्त्रण तथा फैलिन नदिन संस्थाले गरिरहेको काममा सहयोग पुगोस भन्ने हेतुले अधिकारीले भाडा छुट गरेको साुमदायिक स्वास्थ्य कार्यक्रम सहायक आशा भट्टले बताउनु भयो ।
प्रतिक्रिया