काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका हुन् ।
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको स्मरण गराउँदै उनले साथ दिइरहँदा अनियमितताको ‘नोटिस’ लिनु अख्तियारको दायित्व भएको प्रस्ट्याएका छन् ।
प्रवक्ता शर्माले लेखेका छन्, “अख्तियारलाई ‘स्मृति पत्र’ १ संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण । अहोरात्र जारी मिहिनेतलाई प्रोत्साहित गरौं, तर।।तर संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न ।”
प्रतिक्रिया