काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका सुदूरपश्चिमका प्रदेश सांसद कर्णबहादुर मल्लले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि तीन करोड रुपैयाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन् ।
डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपैयाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया