धनगढी – सेती प्रादेशिक अस्पतालले हाल सम्म कोरोनाको आशंका गरिएका ४० जनाको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ। ती मध्ये १४ जनाको रिर्पोट अझै आएको छैन्।
अस्पतालले आज जारी गरेको सूचनामा ४० जनाको नमुना संकलन भएकोमा २५ जनाको रिर्पोट नेगेटिभ आएको छ भने एक जनाको मात्रै पोजेटिभ आएको छ। उनीहरु मध्ये १४ जनाको रिर्पोट अझै प्राप्त भएको छैन्।
अस्पतालको आईसोलेसन वार्डमा अहिले सम्म कोरोनाका संक्रमित सहित २ जना व्यक्तिको उपचार भईरहेको अस्पतालले जनाएको छ।




















प्रतिक्रिया