अछाम : नेपाली कांग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवरले अहिलेको विषम प्रस्थितिमा सबैले राजनितिक दल भन्दा माथि उठेर काम गर्नु पर्ने वताउनु भएको छ ।
नेता कुवरले ‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन र लकडाउन सरकारले ल्याएता पनि यो आफ्नै लागिहो भन्ने बुझेर यसको सहि रूपमा पालना गर्नु पर्ने बताए ।
सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी गर्दा समेत सरकार मौन भएकोले आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको उनले आरोप लगाए ।
जनतालाई आफनो स्वदेशमा फर्काउने जिम्मेबारी सरकारको भएकोले सरकारले यो समयमा गम्भीर भएर जनताका लागी लाग्नुपर्ने बताए ।
एक फरक प्रसङ्गमा उनले भने ,सरकार एक पछि अर्को गर्दै बिबादमा मुछिदै गएकोले सरकार प्रति जनताको बिस्वास गुम्दै गएको छ ।
सरकारले यस्तो विपतको बेलामा पनि स्वास्थ्य सामाग्री ल्याउदा कमसल खालको ल्याउनु बजार मूल्य भन्दा बढी तिरेर ल्याउनुमा सरकार एकपछि अर्को गर्दै भ्रस्टाचार तर्फ उन्नमुख भएको बताए ।
प्रतिक्रिया