मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च जोखिममा सुदूरपश्चिम

उच्च जोखिममा सुदूरपश्चिम


धनगढी : कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक ११ गते धनगढीसंग जोडिएको गौरीफन्टा नाकामा थिए। त्यहाँ उनी एक्लै थिएनन्, उनीसंगै थिए सुदूरपश्चिमका ८ जिल्ला सहित नेपालभरका २१ जिल्लाका नौँ सय ९९ जना। त्यो नौँ सय ९९ को भीडमा सुदूरपश्चिम बाहिरका एक सय २३ जना मात्रै थिए भने बाँकी ८ सय ७६ जना भने सुदूरपश्चिमका ८ जिल्लाका थिए। त्यस्मा बाजुराका भने एक जना पनि थिएनन्।

उक्त भीडमा रहेका लम्कीका २१ बर्षिय युवकमा कोरोनाको संक्रमण भेटिएपछि अहिले सिङगो सुदूरपश्चिम नै डेञ्जर जोनमा छ। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको खुलेपछि अहिले प्रदेशभरी नै त्रास फैलिएको छ। उक्त भीडमा रहेका व्यक्तिहरु अहिले प्रदेशका टोल–टोलमा पुगेका छन्। न्यून सङख्यामा मात्रै क्वारेन्टाईनमा छन्। ति व्यक्तिले भारतबाट कोरोना ल्याएका हुन् वा ति व्यक्तिलाई पनि सोही भीडबाट कोरोना सरेको हो खुल्न सकेको छैन्। त्यसका लागि उक्त भीडमा रहेका सबैको परीक्षण हुन आवश्यक छ। शनिबार मात्रै कञ्चनपुरका ४१ ब्र्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरूष कञ्चनपुरको वेदकोटका हुन्। उनी चैत २ गते भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए। भारतमा कोरोनाको क्रास बढेपछि उनी नेपाल फर्केका थिए। नेपालका सीमा नाका बन्द भएपछि ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ।

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउगरी भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको थियो। त्यसपछि सशस्त्र प्रहरीले उनीलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाएको थियो।

उनलाई बेदकोट नगरपालिकाले सुन्दरपुर क्वारेन्टाइनमा राखेको थियो। त्यसै दिन राति उनीसँगै अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा राखेर खाना खुवाएको पाइएको थियो। ति संक्रमितका कारण पनि अन्यमा कोरोना त सरेको छैन् भन्ने आशंका गर्न थालिएको छ।

कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि संक्रमित भेटिएपनि सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा दिईएपनि हेलचेक्राइँ गरिएको हो।

पहिलो संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका सम्पर्कमा रहेका व्यक्तिलाई समेत अहिले सम्म निगरानीमा राख्न सकिएको छैन्। ति युवक युएईको दुबई हुँदै भारतको राजधानी दिल्ली र दिल्लीबाट काठमाडौँ हुँदै नेपालगञ्ज भएर स्थलमार्गबाट धनगढी पुगेका थिए।

सो क्रममा उनले भेटेका केहीलाई सम्पर्कमा ल्याईएको दावी कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा पाएका स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरिक्षक महेश चन्दले बताए। ‘तीन जना नयाँ संक्रमित भेटिएपछि आज विहान ८ बजेदेखि नै ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम थालिएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याउने गरेका छौ।’ दिनेश खवरलाई चन्दले भने। 

संक्रमितको सम्पर्कमा आएका अधिकासंको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको दावी गरिएपनि त्यस्तो भेटिएको छैन्। अहिले सम्म पहिलो संक्रमितको सम्पर्कमा रहेका १० जनाको मात्रै नमूना संकलन गरिएको छ। संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ। तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ।

क्वारेन्टाईनमा राखिएका सबैको परीक्षण
सरकारले कैलाली र कञ्चनपुरमा हुने ¥यापिड टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ। सोही अनुसार टोली खटाउने तयारी भइरहेको उनले बताए।

चैत महिनामा अन्य देशबाट आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए। उनका अनुसार यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गरिनेछ।

कैलालीमा दुबईबाट आएका एक युवकलाई ट्राभल हिस्ट्री नभएकी स्थानीय महिलामा संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कैलाली र कञ्चनपुर सहित तीन जिल्लामा ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो। – dineshkhabar