मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन एकसाता थप्ने तयारी

लकडाउन एकसाता थप्ने तयारी


काठमाडौैं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपराह्न चार बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहने गरी प्रस्ताव गर्न लागेको उनले भने ।