मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानिय तहका क्वारेण्टाईनको सदुपयोग भएन : कांग्रेस सभापति स्वाँर ।

अछामका स्थानिय तहका क्वारेण्टाईनको सदुपयोग भएन : कांग्रेस सभापति स्वाँर ।

भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउ डुल्न थाले


अछाम । नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अछाममा गाँउ तथा नगरपालिकाले बनाएका भनिएका क्वारेण्टाईन खाली फेसन जस्ता मात्र भएका बताउनु भएको छ ।

सभापति स्वारले मंगलसेन बाहेक अन्य गाँउ तथा नगरपालिकामा बनाईएका क्वारेण्टाईनमा कोही पनि नबसेका सामाजिक संजालमा उल्लेख गरेका छन् ।

सभापति स्वाँरले केहिदिन यता अछाममा बम्बैबाट आएका मानिसहरु शक्तीको दुरुपयोग गरेर बिरामी बोक्ने एम्बुलेन्समा आउने र चौखुट्टेमा पुग्दा जनप्रतिनिधी जिम्मा लिने कुरा खुल्नमा आएको उल्लेख गर्नु भएको छ ।

भारतबाट अबैध नाका प्रयोग गरि पैदलमार्ग बाट अछाम आउनेक्रम जारी रहेको भन्दै सभापति स्वाँरले यस्तो विषम परिस्थितिमा समयमै सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले हेल्च्याक््रयाई गरेमा अछाममा भुसमा आगो लागे सरह भई माहामारिको रुपमा आएको कोरोनाले सबैलाइ सखाप पार्न सक्ने कुरा उल्लेख गर्नुभएको छ ।

भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउमा जथाभावी घुम्फिर गर्ने, गाउका पसलमा मदिरा सेबन गरी जथाभावी बोल्ने, गाली गनकाम भईरहेको सभापति स्वारको भनाई छ ।

सभापति स्वाँरले जिल्लामा भएका स्वास्थ केन्द्रहरुमा आवश्यक उपकरण, विज्ञ स्वास्थ्यकर्मी नभएको भन्दै यसका लागि स्थानिय तथा प्रदेश सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।