अछाम ।
हरेक स्थानिय तहमा स्थानिय सरकारको नेतृत्वमा सुरक्षा र सरसफाईका सामाग्री वितरण भईरहेका बेला नेपाली कांग्रेस गाउँ कार्य समितिका मंगलसेन नगरपालिका वडा नं १४ ले भने निर्वाचित वडाध्यक्षको घरमै पुगेर मास्क दिएको छ ।
कांग्रेस कालागाँउ वडा समितिका अध्यक्ष ईश्वर भण्डारीको नेतृत्वमा गएको एक टोलीले वडाको स्वास्थ्य केन्द्रमा समेत साबुन र मास्क वितरण गरिएको छ ।
नेपाली कांग्रेस गाउँ कार्य समितिका मंगलसेन नगरपालिका वडा नं १४ का अध्यक्ष ईश्वर भण्डारीको नेतृत्वमा गएको टोलीले वडामा मास्क वितरण गरेको हो ।
देशभरी कोरोना संक्रमण नफैलियोस भनेर ६ सय थान मास्क बितरण गरिएको बताईएको छ । वडा अन्र्तगतको दलित बस्तीमा समेत मास्क र डिटोल साबुन समेत बितरन गरिएको कांग्रेस कालागाँउले जनाएको छ ।
गाँउका बिपन्न र दलित बस्तिमा साबुन समेत बाडिएको नबिन सोडारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया