मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक दुरी कायम गर्दै वडाध्यक्ष भण्डारीले गरे स्वास्थ्य सामाग्री बितरण

सामाजिक दुरी कायम गर्दै वडाध्यक्ष भण्डारीले गरे स्वास्थ्य सामाग्री बितरण


मंगलसैन नगरपालिका वडा नम्बर ६ ले बिश्वमा सन्त्रास फैलाइ रहेको कोरोना भाईरस अर्थात (कोभिड १९) को सम्भाबित जोखिम लाई मध्यनजर गर्दै वडा भित्रका सम्पुर्ण नागरिक हरुको घर घरमा पुगि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको टोलिले वडाभित्रका सम्पुर्ण नागरिकको घरमा पुगि सामाजिक दुरि कायम गर्दै १८०० मास्क ,साबुन लगायत स्वास्थ्य सामाग्री बितरण गरीएको हो ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन सहयोग होस् भन्ने उदेश्यले वडाबासीलाई मास्क तथा स्वास्थ्य सामाग्री बितरण वडा अध्यक्ष भण्डारीले बताए ।

बिश्वलाई नै तरँगित बनाईरहेको यस भाइरस बाट सुरक्षित रहनका लागी वडा बासिलाइ अपिल गर्नुका साथै भारत बाट आएका उक्त वडाका नागरिक हरुला घरमा भित्रै सुरक्षित तरिकाले बस्न अनुरोध समेत गरिएको छ ।

उक्त वडाका नागरिकहरुको घरमा खाद्यान्नको अभाव भए नभएको बारेमा समेत जानकारी लिएको वडा अध्यक्ष भण्डारीले बताए ।