मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परिक्षणको लागि अछाममा नेपाली सेनाको हेलिकप्टर सहितको टोली आउने

कोरोना परिक्षणको लागि अछाममा नेपाली सेनाको हेलिकप्टर सहितको टोली आउने


२०७६ चैत २४ अछाम-

अछाममा दुई सय जना बढीलाई मंगलबार कोरोना परिक्षण गरिने भएको छ । त्यसकालागि नेपाली सेनाको हेलीकोप्टर मार्फत चिकित्सकको टोली अछाम जिल्लामा आउदैछ ।

मंगलसेन, कमलबजार र बयलपाटामा गरी तिन ठाउँमा कोरोना परिक्षण सेन्टर स्थापना गरिने छ । जसमा जिल्लाका प्रत्येक स्थानीय तहका १०/१० जना र क्वारेन्टाइनमा रहेका सबै तथा जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ बयलपाटामा उपचार गराइरहेका शंकास्पद बिरामीलाई समेत कोरोना भए नभएको परिक्षण गरिने अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कमलबजार र बयलपाटामा स्थापना गरिने चेकजाँच केन्द्रमा सम्बन्धीत क्षेत्र अन्र्तगतका पालिकाबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने छ भने मंगलसेनमा जिल्ला अस्पताल र कृषि ज्ञान केन्द्रको भवनमा रहेको क्वारेन्टाइनबाट चेकजाँच गरिने छ । अहिले मंगलसेनको कृषि ज्ञान केन्द्रको भवनमा ५३ जना क्वारेन्टाइनमा बसीरहेका छन् ।

कोरोना भएनभएको अवस्था पत्ता लगाउन दुईसय जनाको स्वास्थ्य परिक्षण गरिने भएकाले सबै स्थानीय तहहरुमा पनि त्यही बमोजिम समन्वय भइसकेको छ ।

कोरोना परिक्षणका क्रममा भिडभाड हुन नदिन दुरी व्यवस्थापन गर्ने तथा कर्मचारी, पत्रकार र अन्य आवश्यक क्षेत्रका व्यक्तिलाई समेत सिमित मात्रामा दुरी कायम गरेर मात्र प्रवेश गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।