प्रताप ओली, बझाङ: सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरिरहँदा बझाङमा भने भव्य मेला लागेको छ। यतीबेला बझाङमा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयको भिड लागेको छ।
सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड गर्न रोक लगाएको छ। तर जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानयीको खचाखच घुइँचो लागेको थियो।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या नेपालमा ९ पुुगेकाबेला छविसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनको उल्लंघनगरि सयौंको भिडभाड गरेर सोमबार बान्नीकी चैतली मेला मनाएका हुन्।
यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन। आफूहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन। – dinesh khabar
प्रतिक्रिया