मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना त्रासले अछाम र बाजुरा जोड्ने झुलिङ्गे पुल भत्काइयो

कोरोना त्रासले अछाम र बाजुरा जोड्ने झुलिङ्गे पुल भत्काइयो


कोरोना भाईरसको त्रासले अछाम र बाजुरा जोड्ने झुलिङ्गे पुल भत्काइयोको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुरा बुढीगंगा नगरपालिका बार्ह्िबस जोड्ने बुढीगंगा नदी माथीको झुलिङ्गे पुल चैत्र २४ गते सोमबार भत्काईएको हो ।

सरकारले हालै लकडाउनमा कडाई गर्न एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपनि मेल्लेख गाउँपालिकाले पनि आफनो पालिकाका सिमानाका बन्द गरेको छ । सिमानाका बन्द गरीएपनि पुलमा आवत जावत गर्ने क्रम नरोकीएपछी यस्तो गरिएको हो । कैलाली कंचनपुरमा एकै दिनमा तिन जना कोरोना संक्रमीत भेटिए संगै सुदुरपश्चिम प्रदेशले पनि लकडाउनमा कडाई गर्न निदेशन दिएको छ ।

मेललेख गाँउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले पुल भत्काईएको बारेमा बिहिबार बिहान मात्र आफलाई जानकारी भएको बताउनुभयो । उहाँले गाँकार्यपालिका बैठेकको निणय अनुसार सो पुलमा १ जना नेपाल प्रहरी र १ जना स्वास्थ्य कर्मीलाई खटाउने तयारी रहेका बताउनु भयो । दिनको ५ सयका दरले भत्ता तोकेर सो नाकामा केहि प्रहरी र १ स्वास्थ्य कर्मी खटाउने तयारी रहेका बेला पुल भत्काईएकोमा दुख लागेको बताउनु भयो । उहाँले जस्ले पुल भत्काएको हो सोहि मान्छेलाई पुल पुन निमार्ण गर्न लगाउने बताउनु भएको छ ।

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीले पुल नभत्काई पुलमा रहेका नट खोलेर केही स्टील प्लेट (फाल्यक) निकालीयर पुलमाथि नै बार बनाइएको जानकारी दिएका छन् । स्थानीय लाई लकडाउनको पालना गर्न वडा कार्यालयले बारम्बार अनुरोध गरेको, तर कसैले नमाने पनि पुलमा रहेका केही स्टील प्लेट (फाल्यक)लाई पछी लगाउने गरि निकालीएको ।

यता ईलाका प्रहरी कार्यलय ठाँटीका असई दिलिप विसिले पुन भत्काएको बारेमा आफुलाई केी जानकारी नभएको जनकारी दिनुभयो । उहाँले आज बिहान मात्रै आफले पुलको ५ बटा फाल्यक निकालेको खबर प्राप्त भएका बताउनु भयो । यतिबेला बिदेश तथा देशका बिभिन्न सहरबाट आएकाहरूले सुदुरपश्चिम पहाडी गाउँमा थुप्रै मानिसहरु भित्रिएका छन । रेडियो जनप्रियबाट