धनगढी : सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्थापना गरिएको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंकले १० लाख सहयोग गरेको छ। मंगलबार बैंकका प्रदेश प्रबन्धक दिवाकर जोशीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन।
लक्ष्मी बैंकको केन्दबाट संघीय सरकारलाई ३० लाख र प्रत्येक प्रदेश सरकारलाई १०/१० लाख सहयोग गर्ने निर्णय भएकोमा सोहीअनुसार सहयोग गरिएको उनले बताए। उक्त सहयोगले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्ने र विपन्न वर्गलाई राहत मिल्ने प्रबन्धक जोशीको विश्वास छ। – dineshkhabar
प्रतिक्रिया