धनगढी : देशमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममा नमूना संकलनले गति लिएपनि परीक्षण भने अझै सुस्त छ। मंगलवार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ७५ जनाको थ्रोट स्वावको नमूना संकलन गरिएकोमा तीन जनाको मात्रै परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार मंगलवार सम्म एक सय ७५ जनाको नमूना परीक्षण गरिएको छ। केन्द्रले सोमवार सम्म एक सय ७१ जनाको नमूना परीक्षण गरेको तथ्याङक सार्वजनिक गरेको छ। केन्द्रका अनुसार आईतवार १४, सोमवार ६ र मंगलवार ३ जनाको मात्रै परक्षिण भएको छ।
परीक्षण सुस्त भएपनि अहिले नमूना संकलनले भने तिव्रता पाएको छ। काठमाडौँबाट आएको तालिम प्राप्त प्राविधिक टोलीले कैलाली र कञ्चनपुरमा कोरोना (भाईरस कोभिड–१९) को ¥यापिड टेष्टका लागि मात्रै एक सय ९५ जनाको नमूना नमूना संकलन गरिएको छ। दई टोलीले कैलालीको गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्वारेन्टाईनबाट नमूना संकलन गरेको हो।
कैलालीको गोदावरी र कञ्चनपुरमा खटाईएको प्राविधिक टोलीले ९६ जनाको थ्रोट स्वावको नमूना संकलन गरेको हो भने कैलालीको पूर्वी क्षेत्रमा खटिएको प्राविधिक टोलीले ९९ जनाको नमूना संकलन गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। एक सय ९५ मा ६६ जनाको नमूना परीक्षणका लागि मंगलवार नै सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको बताए।
पहिलो चरणमा सो किटकै विश्वसनीयता लागि परीक्षण गरिनेछ। संकलन गरिएको रगतको ¥यापीड टेष्टमा परिक्षण गरिने छ भने त्यसको परिणाम यकिन गर्न स्वाबको पीसीआर परीक्षण पनि हुने छ। एक सय ९५ नमुनाको परिक्षण गर्दा धेरैको परिणाम एउटै आए मात्रै मास टेस्टिङ सुरु हुने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
यस्तै अछामबाट ५१ जनाको कोरोना भाइरस (कोभिड–१९)को परिक्षणका लागि स्वाब संकलन गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरमा आएका स्वास्थ्यकर्मीहरुले ५१ जनाको स्वाव संकलन गरेका हुन्। स्वाबको परिक्षण काठमाडौँस्थित राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा हुने छ।
अछाममा ५६ जनालाई मंगलसेन नगरपालिकाले क्वारेन्टाईनमा राखेको छ। उनीहरु मध्ये ५१ जनाको मात्र कोरोना परिक्षणका लागि नमूना संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। यस्तै सेती प्रादेशिक अस्पताल र अन्य विभिन्न अस्पतालमा पनि मंगलवार २९ जनाको नमूना संकलदन गरिएको छ।
प्रदेशमै परक्षिण प्रयोगशाला भएपनि अहिले पनि नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ। प्रदेशमा स्थापनाका भएको प्रयोगशालामा दैनिक तीन÷चार जनाको मात्रै नमूना परीक्षण भईरहेको छ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा अहिले सम्म चार जनामा कोरोनाको संक्रमण देखिएको छ। चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेकोमा उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। – dineshkhabar
प्रतिक्रिया